बेलिना थापा
लमजुङ। समुदायमा हुने विभिन्न खाले हिंसालाई न्युनीकरण गर्नका लागि विद्यार्थी आफैं अघि बढ्नुपर्ने राष्ट्रिय महिला आयोगका उपसचिव यमेन्द्र उपाध्यायले बताउनुभएको छ । मंगलबार बेशीसहरमा आयोजित ‘लैगिंक हिंसा न्युनीकरणमा विद्यार्थीको भुमीका’ विषयक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा बोल्दै उपाध्यायले यस्तो बताउनुभएको हो । उहाँले महिला हिंसा विरुद्धको १६ दिने अन्र्तराष्ट्रिय अभियान जारी रहेको भन्दै अभियानको सिलसिलामा प्रदेश नम्बर ४ अन्र्तगत लमजुङ जिल्लामा सो कार्यक्रम संचालन गरिएको जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले हिंसाले समाजमा विकराल रुप लिएको भन्दै समुदायमा सचेतना जगाउन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला शिक्षा अधिकारी खड्कबहादुर कमाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य किसान संगीत नेपाली लगायतका सहभागी हुनुहुन्थ्यो ।
प्रतियोगितामा बुद्ध मेमोरीयल स्कुलका ऋतु श्रेष्ठ प्रथम, गंगा मिलन माध्यमीक विद्यालय चण्डीस्थानका अविशेष रिमाल द्धितिय, अर्थली प्याराडाइज इङ्लीस बोडिङ स्कुलका बर्षा केसी तृतीय भएका छन् । विजेता सबैलाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ ।
Comment Here!