कुवेतमा एक जना महिला सांसद निर्वाचित


प्रकाशित मिति :2016-11-30 15:38:32

महिला खबर

Kuwaiti politician Safa Al Hashem

एजेन्सी। पेट्रोलियम पदार्थको धनी मुलुक कुवेतमा यसै साता भएको निर्वाचनमा एक जना महिला समेत निर्वाचित हुनुभएको छ। कुल ५० सिटमा सफा एल हासिम एक मात्र महिला सांसदमा बिजयी हुनुभएको छ। निर्वाचनमा जम्मा १५ महिला उम्मेदवारले भाग लिएका थिए । हासिम हालसम्म संसदमा निर्वाचित हुने ९ औ महिला हुन्।

एल हासिम तिनै वटा संसदीय निर्वाचनमा विजयी हुने पहिलो महिला पनि हुन्। गल्फ न्युजका अनुसार कुवेतमा महिलाले २००५ मा भोट दिने र राष्ट्रिय निर्वाचनमा उम्मेदवार हुन पाउने अधिकार पाएका थिए ।

५२ बर्षिया हासिम एक व्यापारी महिला हुन्। उनले अंग्रेजी साहित्य र व्यापार प्रशासनमा स्नातकोत्तर गरेकी थिइन्। सन् २००७ मा उनले दुबईमा भएको मिड इष्ट सीइओ अवार्ड आयोजनामा ‘ फिमेल सीइओ अफ द यिएर अवार्ड’  पाएकी थिइन्।

कुवेतमा श्रमिक महिलाको संख्या कुल श्रमिक संख्याको ५० प्रतिशत भन्दा बढि रहेको छ र वर्ल्ड इकोनोमिक फोरमका अनुसार महिलाहरु निकै शिक्षित पनि छन्। तर अन्य देशहरुको तुलनामा संसदमा महिला सहभागिता न्युन रहेको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: