विपदपछिका सवै चरणमा महिला सहभागी हुनपर्छ : सरोकारवाला


प्रकाशित मिति :2016-11-30 15:59:13

महिला खबर

dsc_2110
काठमाडौं । विपद व्यवस्थापन सन्बन्धि बन्न लागेको कानुन महिलामैत्री हुनपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । विपद व्यवस्थापन विधयेकको मस्यौदामाथि छलफल गर्न महिला विकास र कानुन मञ्चले काठमाडौंमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै उनीहरूले विपद व्यवस्थापनमा महिलालाई लाभग्राही वा पीडितको रुपमा मात्रै नभएर योगदान दिन सक्ने ठाउँमा पनि सहभागिता गराउनुपर्नेमा जोड दिएका थिए ।

छलफलमै रहेको विपद व्यवस्थापन विधयेकमा महिलालाई संरक्षण दिने कुरामा मात्रै नभइ विपदपछिका सवै चरणमा सहभागी गराउनुपर्ने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा बोल्दै अधिवक्ता मीरा ढुङ्गानाले विपद व्यवस्थापनका लागि बन्ने सम्पूर्ण संरचनामा महिलाको सहभागिता हुनपर्ने कुरा विधयेकमा समेटिनुपर्ने सुझाव दिनुभयो ।

कार्यक्रममा गृह मन्त्रालयका सहसचिव निर्मला अधिकारीले विपद व्यवस्थापन विधेयक छलफलकै क्रममा रहेको जानकारी दिनुभएको थियो । महिला, वालवालिका, बृद्धबृद्धा, अपाङ्गता भएका व्यक्तिहरू विपदमा सवैभन्दा धेरै प्रभावित हुने हुनाले उनीहरूको संरक्षणका लागि विधयेकमा प्राथमिकतामा राखिएको बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: