पोखरामा महिला पत्रकारलाई लैंगिकता सम्बन्धी तालिम


प्रकाशित मिति :2016-11-30 17:16:37

महिला खबर

training-sas
पोखरा । पत्रकार महिलाको व्यवसायिक दक्षता वृद्धि गर्ने पहल स्वरुप पोखरामा लैंगिकता सम्बन्धी तीनदिने तालिम शुरु गरिएको छ । तालिमले पत्रकारितामा स्थानीय महिलाको गुणात्मक सहभागिता अभिवृद्धि गर्न सहयोग पुर्याउने आयोजक सञ्चारिका समुह नेपालले बताएको छ । खासगरि महिलाको आत्मविश्वास बढाउन र सक्रिय रुपमा कार्यक्षेत्रमा लाग्न यस्ता तालिमले अभिप्रेरीत गर्ने सरोकारवालाले बताएका छन् । महिला पत्रकारको सञ्जाल समेत रहेको संचारिका समूह नेपालले बुधबार पोखरामा एक औपचारीक कार्यक्रमको आयोजना गरी तालिमको शुरुवात गरेको हो ।

तालिमको उद्घाटन नेपालका लागि अस्ट्रेलियन राजदुत ग्लिन ह्वाइटले गर्नु भएको थियो । ‘लैंगिकता सम्बन्धि तालिमले महिला आफैलाई पहिचान गर्न र व्यवसायिक रुपमा खरो उत्रिन सक्ने वातावरण बनाउन सक्षम हुनेछन्’ राजदुत ह्वाइटले भन्नुभयो । उहाँले पत्रकारिता जस्तो जिम्मेवार पेशामा महिलाको संख्यात्मक तथा गुणात्मक सहभागिता अति आवश्यक भएको र महिलाका विषय महिलाले मात्र हेर्नु पर्छ भन्ने मान्यता पनि रुपान्तरण गर्नुपर्ने बताउनु भयो । उहाँले आधुनिक समयमा महिलालाई हेर्ने मानसिकता पनि सकरात्मक हुँदै गएकोले जिम्मेवारी पाएमा धेरै महिलाहरु सक्षम पत्रकारका रुपमा स्थापित हुन सक्ने विश्वास व्यक्त गर्नु भयो ।

यसैबिच, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले पत्रकारीताको नियम, आचारसंहिता पालना सहित अन्य जोखिमपूर्ण जिम्मेवारी बहन गर्ने सवालमा महिलाको क्षमता उपयोग गरिनुपर्ने बताउनुभयो । महिला पुरुष समान रुपमा कार्यक्षेत्रमा खटिए मात्र व्यवसायिक दक्षता वृद्धि हुने भएकोले लैंगिक मैत्री संरचना बनाउनुपर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा संचारिका समूह नेपालकी केन्द्रिय अध्यक्ष निर्मला शर्माले समुदायले पत्रकारितालाई उपल्लो दर्जामा राखेर हेर्ने गरेकोले आफ्नो क्षमता प्रस्तुत गरेर पत्रकार महिलाहरु समाजको उदाहरणीय पात्र बन्नुपर्ने बताउनुभयो । उहाँका अनुसार, यसका लागि सबै भन्दा पहिला महिला स्वंय अग्रसर हुनुपर्छ । तालिमका सहजकर्ता तथा संचारीका समूह नेपालका केन्द्रिय सदस्य जया लुइंटेलले आत्मविश्वासका लागि परिश्रम र व्यवसायिकता अत्यावश्यक भएकोले कमजोर मानसिकता नराख्न महिला पत्रकारहरुलाइ आग्रह गर्नुभयो ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रुद्र भट्ट, संचारिका समूह पश्चिमाञ्चल अध्यक्ष जमुना वर्षा शर्मा, उपाध्यक्ष बिमला भण्डारी लगायतले पत्रकारितामा महिला सहभागिता र यसखाले तालिम लगायतका विषयमा विभिन्न धारणाहरु राख्नुभएको थियो । तालिममा पश्चिमाञ्चल विकास क्षेत्रका विभिन्न संचारमाध्यममा कार्यरत ११ जना पत्रकार महिलाको सहभागिता रहेको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: