जहाँ फोहोर हुन्छ, सफा गर्न म आउँनेछु


माघ नौगते एक घण्टामा काठमाडौं फोहोररहित शहर बन्ने

प्रकाशित मिति :2016-12-01 12:08:08

आउँदो माघ नौगते काठमाडौंमा दश लाख मानिस उतारेर व्यापक सरसफाइ अभियान गरिँदैछ । यसकालागि अभियन्ता शुसिला महर्जन र राजमान मानवले यो अभियानमा साथ दिन सबैलाई आग्रह गरेका छन् । ‘तपाई र राज्यले यो हामी सवैको कर्तव्य हो भनेर सकारात्मक सहभागिता जनाइदिनु होला’उनीहरूको अनुरोध छ ।

खेमा बस्नेत

sushila-maharjan
ललितपुर । महिला हिंसाविरुद्धको १६ दिने अभियानमा राजधानीमा विभिन्न कार्यक्रम जारी छन् । तामझामका साथ होटेलहरूमा महिलाहिंसाविरुद्धका कार्यक्रम भइरहेको छन् । यही अर्की एक अभियन्ता जसले १६ दिने अभियानका बारेमा सुनेकै छैनन्, तर निकै ठुलो अभियानमा जुटेकी छन् । उनको अभियान हो १० लाख मानिस उतारेर एक घण्टामा काठमाडौंलाई चिरिच्याट्ट र सफा बनाउने । उनी हुन् शुसीला महर्जन । आउँदो माघ ९ गते आफ्नो यो सपना साकार पार्न उनी रातदिन खटेकी छन् । उनी बिहान जुरुक्क उठेर घरबाट निस्किन्छिन् । सहयोगको याचना गर्दै कहिले सिंह दरवार त कहिले संघसंस्था र संगठनलाई गुहार्न पुग्छिन् ।

महिला खबर डट कमसँग कुरा गर्दै उनले भनिन् ‘मैले यो काम गर्ने अवसर पाउँदा धेरै खुसी छु, यसका लागि मलाई कसैले पनि आहृवान गरेको होईन, कसैको नक्कल गरेको पनि होईन, मैले काठमाडौं उपत्यका फोहोर भएर पाएको अवसर हो । हामी विश्वलाई नै आफ्नो घर ठानेर मानवीय फोहोर रहित बनाउने अभियानमा लागेका छांै ।’

विश्व सफाइ अभियानमा लागेका शुशिला महर्जन र राजमान मानवले २०६७ माघ ९ गतेवाट कीर्तीपुरको ४० रोपनी जग्गामा फैलिएको ४० वर्ष पुरानो डम्पिङ्ग साइटको फोहोर फालेर विश्व सफाई अभियान सुरु गरेका हुन् । जुन आजसम्म पनि निरन्तर छ ।

‘शुशिला र राजमान जहाँ शहर फोहोर छ त्यहाँ हाम्रो आवश्यकता छ’ भनेर मानविय फोहोर सफा गर्न जाने गरेको वताउँछन् । ‘नेपालको सबै भन्दा फोहोर शहर वा गाउँमा गएर सफा गर्ने गरेका छौं’ शुशिलाले भनिन् ।

उनीहरूले अहिलेसम्म २६ जिल्लाका ५७ वटा नगरपालिकाको सरसफाई गरिसेको छन् । यसक्रममा जनकपुर, नेपालगञ्ज, विराटनगर, विरगञ्ज, महेन्द्रनगर सबै भन्दा फोहोर शहर भएको उनले पाइन् ।

१० लाख मानिस उतारेर एकघण्टामा काठमाडौं सफा पार्छु : शुशीला महर्जन 

‘नेपालको फोहोर शहरमा गएर सफा गर्ने अभियानमा लागेका थियौं’ उनी भन्छिन् । ती शहरका बासिन्दाले आफूहरूको सफाई अभियानलाई सहयोग गरेको उनले बताइन् । भनिन् ‘हामीहरूले फोहोर शहरमा गएर सफा गर्दा त्यहाँका बासिन्दालाई नैतिक दवाव पनि हो, आफैले निकालेको फोहोर हामी आफैले सफा गर्नुपर्छ भन्ने भावना सिर्जना होस् भनेर यस्तो अभियान चलाएका हौं’ शुशिलाले भनिन् ।

शुशिला र राजमान भन्छन् ‘समाजलाई रूपान्तर गर्ने हाम्रोे सामाजिक कर्तव्य हो भन्ने महशुस गरेर समाज सफा गर्ने शुरूवात गर्यौ ।’
उनीहरूले एक घण्टामा काठमाडौं सफा गर्न सबैलाई यो अभियानमा साथ दिन आग्रह गरेका छन् । ‘तपाई र राज्यले यो हामी सवैको कर्तव्य हो भनेर सकारात्मक सहभागिता जनाइदिनु होला ।’

Ssss

१० लाख जनताले एक घण्टामा काठमाडौं उपत्यका सफा गर्ने उनीहरूको योजना छ । त्यसपछि काठमाडौं उपत्यका कहिल्यै फोहोर नहुने उनीहरूको दाबी छ । ‘माघ ९ गतेपछि काठमाडौं उपत्यका फोहोर नहुने जिम्मा हाम्रो भयो, यदि कतै फोहोर भएछ भने हामीलाई खवर गर्नुहोला हामी आउने छौं सफा गर्न’ उनले निर्धक्क भएर भनिन् । शुशिला भन्छिन् ‘यो हाम्रो अभियान हो । माघ ९ पछि काठमाडौ फोहोर भए जहाँ फोहोर हुन्छ ,त्यहाँ सफा गर्न म आउँनेछु ।’

नेपाललाई वि.सं.२०७६ सम्म मानवीय फोहोररहित देश बनाउने लक्ष्य रहेको उनी वताउँछिन् । उनीहरूको यो अभियान नेपालमा मात्र सिमित भने छैन् । उनीहरूको विश्वलाई नै मानवीय फोहोररहित बनाउने अभियान हो ।

वि.सं.२०७४ सालवाट विश्वको सवभन्दा फोहोर देश बगंलादेशवाट वाहिरी देशको सफाई अभियान सुरू गर्ने योजनामा उनी छन् । नेपाल वि.सं.२०७६ वाट मानविय फोहोररहित देश बनेपछि नौ वर्षमा ८० वटा देशका फोहोर शहरहरू निरन्तर सफाईमा लाग्नेछन् । यसरी विश्वलाई सन् २०२८ वाट मानवीय फोहोररहित बनाउने अभियान रहेको शुशिला र राजमानले वताउँछन् ।

कसरी हुन्छ काठमाडौं एक घण्टामा मानविय फोहोररहित शहर
काठमाडौ सफा गर्न काठमाडौंबासी, नेपालका विभिन्न शहर, जिल्ला र नेपालमा बसोबास गरिरहेका विदेशीले समेत स्वेच्छाले आफूहरूको सरसफाई अभियानमा सहभागि हुने शुशिलाको भनाइ छ ।

अहिले काठमाडौं उपत्यकामा ४० लाख मानिसको बसोबास छ । सरसफाइ अभियानमा १० लाख परिवार र एक परिवारवाट १ जना मानिसको सहभागी हुने उनको अनुमान छ । अभियानमा त्यसै अनुसारको जनसहभागिताका लागि उनीहरू पाँचवर्षदेखि निरन्तर खटिरहेका छन् ।

अभियानका लागि १० हजार सफाई स्थानहरू बनाईने छ । सयजनाको एउटा समूह हुने छ भने पाँच हजार सार्वजनिक स्थान हुनेछन् ।
जनता आफूले चाहेको स्थानमा सहभागी हुन पाउनेछन् । काठमाडौंमा एउटामात्र डम्पिङ्ग साइट भएकाले विज्ञको सल्लाह अनुसार रोल क्रमले फोहोरको व्यवस्थापन गरिने उनीहरूको योजना छ ।

यो अभियानमा १० हजार नेपाल सरकारका निजामती कर्मचारी, १० हजार सेना तथा शसस्त्र प्रहरी, १६ सय प्याब्सनका सदस्य, साढे २ लाख विद्यार्थी, ५ सय एनप्याब्सनका सदस्य, लायन्स, जेसिस, रेडक्रसलगायतबाट ७० हजार र पर्यटनसँग आवद्ध १ लाख ५० हजारले अभियानमा साथ दिने वचन दिएको जानकारी उनले दिइन् । अझैपनि सहभागिताका लागि अनुरोध गर्न उनीहरू बिभिन्न संघ संगठनमा धाइरहेको छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: