लोकगीतमार्फत हिंसा रोक्न आव्हान


प्रकाशित मिति :2016-12-01 12:28:58

महिला खबर

जाँड, रक्सी खाई जुवा तास खेल्ने पैसा सबै खुवाउने,
घरमा आई श्रीमती पिट्ने, बालवच्चा रुवाउने,
ओई, छोराले त्यही वानी सिक्छ, छोरीको रुँदैमा दिन वित्छ,
हा…छोरीको रुँदैमा दिन वित्छ…।

capture

सिन्धुपाल्चोक । महिला हिंसाविरुद्धको सोह्र दिने अभियान चलिरहँदा सिन्धुपाल्चोक सदरमुकाम चौतारामा आयोजित लोकदोहोरी प्रतियोगितामा समावेश भएको गीतको अंश हो यो । कार्यक्रममा सानोसिरुवारीकी रोशनी चौलागाईले खराव लतका कारण हुने महिला हिंसाविरुद्धको सन्देश गीत मार्फत दिएकी थिईन् । समाजमा विद्यमान अवस्था र कानुनी व्यवस्थालाई समेत उनले गीत मार्फत प्रष्ट पारेकी थिईन् ।

‘चेतनाले सवैलाई खार्नुछ , कानुनलाई दरिलो पार्नुछ ।’ उनको गीतले समुदायलाई सचेत वनाउन र हिंसा सहनुहुन्न भन्ने सन्देश दिएको छ ।

प्रतियोगितात्मक कार्यक्रममा साँगाचोकको महिला समूह र विभिन्न व्यक्तित्वको सहभागिता थियो । सहभागी कलाकारले कलात्मक रुपमा सामाजिक अवस्था, हिंसाको जानकारी र न्यायिक पहुँचका विषय गीतमार्फत प्रष्ट पारेका थिए ।

कार्यक्रममा निमित्त महिला विकास अधिकृत नानीमैया वस्नेतले वर्षैभरी अभियान चलाए यसको प्रभावकारीतामा ध्यान दिनु आवश्यक भएको बताउनुभयो । लोकगीतले सन्देश प्रवाहमा प्रभावकारी भूमिका निर्वाह गर्ने उहाँको विश्वास छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: