चारमहिनामा महिला हिंसाका तेइस उजुरी दर्ता


प्रकाशित मिति :2016-12-01 14:39:01

महिला खबर
रामेछाप । महिला तथा बालबालिका कार्यालय रामेछापमा आर्थिक वर्षको पहिला ४ महिनामा महिलामाथि भएका हिंसाका २३ वटा घटना दर्ता भएका छन् । जसमा सबैभन्दा बढी घरेलु हिंसाका घटना रहेको महिला तथा बालबालिका कार्यालय रामेछापले जनाएको छ । महिला तथा बालबालिका कार्यालय रामेछापकी प्रमुख सत्यदेवी अधिकारीका अनुसार गत साउनदेखि कात्तिक अन्तिमसम्म घरेलु हिंसाबाट पीडित भएको भनि ७ जना महिलाले कार्यालयमा निवेदन दर्ता गराएका छन् ।

यसैगरी कार्यालयमा बहुविवाहका ५ वटा, कुटपीटका ३ वटा, हराएको २ वटा, आर्थिक लेनदेनको २ वटा र बलात्कार, यौनिक हिंसा र झगडाका १/१ वटा घटना दर्ता भएका छन् । ती मध्ये कतिपय घटनामा दुवैपक्षलाई राखेर छलफल गराई विवाद मिलाएर पठाएको उहाँले बताउनुभएको छ । त्यस्तै केही घट्नाका पीडितलाई मनोसामाजिक सेवा प्रदान गरेको तथा गम्भिर प्रकृतिका घटना प्रहरीमा पठाएको कार्यालयले जनाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: