एसिसी महिला एसिया कप क्रिकेटमा नेपाल थाइल्यान्डसँग पराजित


प्रकाशित मिति :2016-12-01 15:24:35

महिला खबर

 acc-women
काठमाडौं । थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपालले लगातार चौथो हार ब्योहोरेको छ ।बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा आज भएको खेलमा नेपालले कमजोर प्रदर्शन गर्दै थाइल्यान्डसँग आठ विकेटले पराजित भयो ।

यसअघि भएको पहिलो खेलमा नेपालले पाकिस्तानसँग नौ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा श्रीलङ्कासँग आठ विकेटले हार बेहोरेको थियो । त्यस्तै मङ्गलबार भएको तेस्रो खेलमा बङ्गलादेशसँग ९२ रनले पराजित भएको थियो ।

प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल १९ दशमलव ५ ओभरमा ६३ रन जोड्दै अलआउट भयो । जारी प्रतियोगितामा नेपालले बनाएको यो अहिलेसम्मकै ठूलो स्कोर हो । नेपालले दिएको ६४ रनको लक्ष्यलाई थाइल्यान्डले १६ ओभरमा दुई विकेट गुमाउँदै आफनो लक्ष्य पूरा गर्‍यो ।

तीस रनमा पहिलो विकेट गुमाएको नेपालले त्यसपछि सम्हालिएर ब्याटिङ गर्न सकेन । नेपालले ३८ रन जोड्दा पाँच विकेट गुमाइसकेको थियो । नेपाली ब्याट्सवुमन ज्योति पाण्डेले १६ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

थाइल्यान्डको जितमा सिरिन्त्राले अविजित २७ रन जोडिन भने नत्ताकानले २४ रनको योगदान दिइन । बलिङतर्फ नेपालकी सीता मगरले दुई विकेट लिइन ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: