नेपालमा दश हजार महिला एचआइभी संक्रमित


प्रकाशित मिति :2016-12-01 16:09:00

महिला खबर
hivललितपुर । नेपालमा एचआइभी संक्रमित महिलाको संख्या दश हजारबढी रहेको एक तथ्यांकले देखाएको छ । एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका अनुसार गत असारसम्म नेपालभर २८ हजार ८ सय ६५ जना एचआईभी संक्रमित रहेकोमा ती मध्ये १० हजार ८ सय २४ महिला संक्रमित छन् । संक्रमित हुनेमा ९२ जना यौनिक अल्पसंख्यक महिला छन् ।

केन्द्रको तथ्याङक अनुसार २५ देखि ४९ वर्ष उमेर समूहका व्यक्ति एचआईभी संक्रमणबाट बढी प्रभावित छन् । यो उमेर समूहका २१ हजार २६ जनामा संक्रमित देखिएको र त्यसमा ७ हजार ५ सय ३८ जना महिला संक्रमित रहेको केन्द्रले जनाएको छ । यो उमेर समूहमा संक्रमित हुनेमा ६२ जना यौनिक अल्पसंख्यक छन् ।

त्यसैगरी क्षेत्रगत हिसाबले सबै भन्दा बढी मध्यमाअञ्चल विकास क्षेत्रमा एचआइभी संक्रमितको संख्या धेरै छ । केन्द्रको तथ्याङक अनुसार मध्यमाञ्चल विकास क्षेत्रमा २२ जना यौनिक अल्पसंख्यक र ५३८ महिला एचआइभी संक्रमित छन् ।

त्यसैगरी सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा एचआइभी संक्रमित महिलाको संख्या तुलनात्मक रुपमा कम देखिएको छ । एचआईभी एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङक अनुसार सुदूरपश्चिम क्षेत्रमा १ सय ५५ महिला र २ जना यौनिक अल्पसंख्यक रहेका छन् ।

केन्द्रका अनुसार एचआइभी संक्रमणको सबैभन्दा बढी जिम्मेवार असुरक्षित यौन सम्पर्क रहेको छ । जसमा २०१० मा असुरक्षित यौनसम्पर्कका कारण मात्रै ८४ प्रतिशत मानिसमा एचआईभी सरेको केन्द्रको तथ्याङक देखाउँछ । त्यसैगरी २०११ मा ८६ प्रतिशत र ०१३ मा फेरी ८४ प्रतिशत पुगेको केन्द्रले जनाएको छ । सन् २०१२ र २०१४ मा भने यो संख्या केही घटेको थियो । यी वर्षमा असुरक्षित यौन सम्पर्कबाट क्रमशः ८३ र ६२ प्रतिशतलाई एचआईभी संक्रमण भएको छ । त्यसैगरी २०१५ मा यो प्रतिशत ६४ प्रतिशत र २०१६ को जुनदेखि जुलाई सम्ममा ६८ प्रतिशत पुगेको केन्द्रले जनाएको छ ।

एचआइभीको संक्रमणको दोस्रो कारक संक्रमित आमाबुबावाट बच्चामा सर्नु देखिएको छ । तर, सन् २०१४ देखि आमाबुबावाट बच्चामा सर्ने क्रम शुन्यमा झरेका दाबी केन्द्रले गरको छ । सन् २०१० र २०११ मा ८ प्रतिशत संक्रमित आमाबाट सरेर भएका थिए भने सन् २०१२ मा १० प्रतिशत र २०१३ मा ११ प्रतिशत बच्चामा आमाबाट एचआइभी सरेर प्रभावित भए ।

एचआइभी परीक्षणका लागि आउनेको तथ्यांकबाट यो नतिजा देखिएपनि परीक्षण सम्म नगरी लुकाएर बस्ने संख्या धेरै भएकाले संक्रमितको यो तथ्य पूर्ण भने नहुने केन्द्रले जनाएको छ । एचआईभीे संक्रमित तथा प्रभावितलाई समाजले सहज रुपमा स्वीकार गर्न नसक्दा पनि आफ्नो समस्या लुकाउनेको संख्या बढी हुने अनुमान केन्द्रको छ ।

विश्वमा सन् २०१४ को अन्तसम्म एचआईभी संक्रमितको संख्या करिब ३ करोड ६९ थियो भने एसिया प्रशान्त क्षेत्रमा करिब ५० लाख व्यक्तिमा एचआईभी संक्रमण भएको थियो । नेपालमा करिब ३९ हजार २ सय ४९ जनामा संक्रमण भएको केन्द्रको तथ्याङकले देखाएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: