महिलालाई गाडी चलाउने अनुमति दिन साउदी राजकुमारको अनुरोध


प्रकाशित मिति :2016-12-01 16:15:31

महिला खबर

saudi-prince
एजेन्सी। महिलाको अधिकार र आर्थिक विकासका लागि महिलालाई गाडी चलाउन लगाईएको प्रतिबन्ध छिटो हटाउनु पर्ने भनाई साउदीका राजकुमार अलवालिड विन तलालले व्यक्त गरेका छन्। राजकुमार विन तलालले आफ्नो अफिसियल ट्विटर अकाउन्टमा भनेका छन् ‘वादविवाद अन्त्य गरौं, अबको समय महिलाको गाडी हाक्ने समय हो’ ।

ईस्लामिक अधिराज्य साउदी, जहाँ महिला प्रति ठूलो विभेद र कठोर नियम रहँदै आएको छ । कडा मुस्लिम कानून अनुसार महिलालाई गाडी चलाउनदेखि धेरै विषयमा बन्देज लगाइएको छ । लोकतान्त्रिक मुलुक वा अन्य धर्म मान्ने देशका महिलाले सदियौँदेखि उपभोग गर्दै आएका अधिकार साउदी महिलाले अहिलेसम्म पनि उपयोग गर्न पाएका छैनन् । साउदी अरब मात्र यस्तो एउटा देश हो जसले महिलालाई गाडी चलाउन अनुमति दिएको छैन। महिलाले गाडी चलाएर बाहिर निस्किँदा परपुरुषसँग भेटघाट हुनसक्छ भन्ने डरका कारण यसो गरिएको हो । तर महिला अधिकारवादीहरूले भने सन् १९९० को दशकदेखि नै साउदीमा महिलाले गाडी चलाउन पाउनुपर्ने भन्दै अभियान नै संचालन गरिरहेका छन् र बेलाबेलामा गाडी चलाएर विरोध प्रदर्शन समेत गर्ने गरेका छन् । यसअघि साउदी अरबमा नियम उल्लंघन गर्दै गाडी चलाएको आरोपमा एक महिलालाई सजाय सुनाईएको थियो ।

तर राजकुमार विन तलाल भने, महिलाको अधिकारकालागि लामो समयसम्म पैरवी गर्दै आएका छन् । उनले भनेका छन् ‘अहिलेको समयमा महिलालाई गाडी चलाउ प्रतिबन्ध लगाउनु भनेको उनीहरूलाई शिक्षा लिनबाट र एक फरक पहिचान बनाउनबाट बञ्चित गर्नु हो।’

‘यो एउटा परम्परागत समाजले महिलामाथि लगाएको अन्यायपुर्ण नियम हो र धर्मको कानुनले अनुमति दिने भन्दा बढी बन्देज हो’ उनले भनेका छन् । उनले गाडी चलाउन महिलामाथि लगाएको प्रतिबन्धलाई आर्थिक पक्षसँग जोड्दै यसरी प्रतिबन्ध लगाउदा विदेशी प्राईभेट तथा ट्याक्सी ड्राईभरमा निर्भर हुनुपर्ने र जसका कारण साउदीको लाखौं डलर विदेशीने बताए।

साउदीमा प्रत्येक परिवारले प्रत्येक महिना ड्राईभरका लागि १ हजार डलर जति खर्च गर्छ। महिलालाई तिनीहरूका श्रीमानले गाडीमा छोड्न जाने हो भने पनि उनीहरूले कामबाट विदा लिनुपर्ने हुन्छ र जसले उनीहरूको कार्य उत्पादनमा कमी ल्याउँछ। उनले अब महिलाले गाडी चलाउन पाउनु आर्थिक विकासका लागि पनि अतिनै जरुरी र सामाजिक आवश्यकता भइसकेको उनको भनाइ छ ।

साउदीमा महिलालाई के के प्रतिबन्ध छ ?

  • घरका कुनै एक पुरुष संरक्षणकर्ताको अनुमति बिना महिलालाई एक्लै घुमफिर गर्न प्रतिबन्ध छ।
  • विवाहस् संरक्षणकर्ताको अनुमति विना महिलाले विवाह गर्न पाउदैनन्।
  • रोजगारीस् संरक्षणकर्ताको अनुमति बिना महिलाले आफूले चाहेको नोकरी गर्न पाउँदैनन्।
  • टाउकोदेखि खुट्टासम्म कालो कपडाले नछोपी सार्वजनिकस्थलमा उपस्थित हुन पाउँदैनन्। तोकिएको सिमित काम मात्र गर्न पाउँछन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: