लैंगिक समानता पत्रकारिता पुरस्कारबाट दुईजना पुरस्कृत


प्रकाशित मिति :2016-12-01 16:24:41

महिला खबर

group-photo
काठमाडौं। लैंगिक समानता पत्रकारिता पुरस्कार–२०७३” बाट दुईजनालाई पुरस्कृत गरिएको छ । लैंगिक समानताका लागि निरन्तर आवाज उठाएको भन्दै पत्रकार बबिता बस्नेत र कलाकार तथा संचारकर्मी धिरेन्द्र प्रेमर्शीलाई यो पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

नेपाल पत्रकार महासंघ र अमेरिकामा क्रियाशील नेपालीहरूको संस्था मदरल्याण्ड नेपालले संयूक्त रुपमा दुईजनालाई सम्मान गरेका हुन् । नेपाल पत्रकार महासंघमा आज सभामुख ओनसरी घर्तीले उहाँहरूलाई पुरस्कृत गर्नुभयो । पुरस्कारको राशी जनही ४० हजार रुपैयाँ रहेको छ । यो पुरस्कारका लागि मदरल्याण्ड नेपालले १० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । अवदेखि प्रत्येक वर्ष लैंगिक समानताका लागि काम गर्ने एकजना महिला र एकजना पुरुषलाई यो पुरस्कार प्रदान गरिने छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: