यौन हिंसाविरुद्ध दबाब समूह गठन


प्रकाशित मिति :2016-12-02 11:41:13

महिला खबर

dsc_0712
काठमाडौं । महिला हिंसाभित्र पनि यौनहिंसाले डरलाग्दो रुप लिँदै गएको भन्दै यसको नियन्त्रणका लागि दबाब समूह गठन भएको छ । मानव अधिकार सञ्चार प्रतिष्ठान नेपाल (इह्रिकन) ले बिहीबार आयोजना गरेको एक कार्यक्रममा यो समूह गठन गरिएको हो ।

कार्यक्रममा बोल्दै इह्रिकनका अध्यक्ष अमृता लम्सालले यौनहिंसा रोक्न ०४९ सालतिरै दबाब समूह सक्रिय रहँदा ठुलो प्रभाव परेको र अहिले यस्ता दबाब समूहको आवश्यकता झन् बढेको औंल्याउनुभयो । उहाँले भन्नुभयो, ‘अहिले महिला हिंसाविरुद्ध काम गर्ने धेरै संस्था छन्, दबाब समूह बनाउँदा झन् प्रभावकारी रुपमा जान सकिन्छ ।’

कार्यक्रममा जुरीका अध्यक्ष राजु चापागाईंले यौनहिंसा रोक्न विभिन्न कानुनी, सामाजिक र व्यवहारिक कठिनाई रहेको बताउनुभयो । यौनहिंसालाई अत्यन्त गम्भीरतापूर्वक लिई यसलाई कानुन व्यवसायी, प्रहरी तथा हिंसाविरुद्ध कार्यरत संघसंस्थाले प्रतिनिधिमुलक घटना मान्दै नजिर नै स्थापित हुनेगरि काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा संचारिका समूहका महासचिव कमला पन्थीले घरदेखि पेशागत क्षेत्र सबैतिर महिलाहरू असुरक्षित बन्दै गएकाले प्रहरी, सरोकारवाला संस्था, अधिकारकर्मी र मिडिया सँगसँगै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा ललितपुरमा गत साता मात्रै एक महिलामाथि भएको सामूहिक बलात्कारको घटनामा तीन पीडकमध्ये एकलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाग मङ्गलबजारका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिनुभयो । घट्ना पैसामा मिलाउन खोज्ने पीडकका आफन्तलाई समेत पक्राउ गरेको उहाँले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: