महिलामाथि सबैभन्दा बढी घरभित्रै हिंसा


प्रकाशित मिति :2016-12-02 12:43:14

महिला खबर

सिरहा। महिलामाथि हुने हिंसा मध्ये सबैभन्दा धेरै घरेलु हिंसा हुने गरेको तथ्याकंले देखाएको छ। चालु आर्थिक वर्षको चार महिनाको अवधिमा बहु विवाह जबरजस्ती करणी, आत्माहत्यालगायतका ४९ वटा गम्भीर प्रकृतिका महिला हिंसाका घटना भएकोमा ७७ वटा घरेलु हिंसाका घटना भएको जिल्ला प्रहरी कार्यालय सिरहाको महिला बालबालिका सेवा केन्द्रको तथ्याकंले देखाएको छ।

ती मध्ये ४९ वटा घरेलु हिंसाका उजुरीमा मिलापत्र भएको छ। त्यस्तै गत आर्थिक वर्षमा बहुविवाहमा १२ वटा, आत्महत्या ४९, जबरजस्ती करणी १८ र गम्भीर प्रकृतिका ८२ वटा महिला हिंसाको घटना भएकोमा ८१ वटा घरेलु हिंसाका घटना भएकोे प्रहरीको तथ्याङ्कमा उल्लेख छ।

जिल्लास्थित महिला बालबालिका कार्यालयमा पनि यो चार महिनामा घरेलु हिंसाका १४ वटा घटना दर्ता भएका छन्। यता महिला अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाको तथ्याङ्कमा पनि घरेलु हिंसाका घटना नै सबैभन्दा ब्ाढी छ। आरेक नेपाल सिरहाले सार्र्वजनिक गरेको एक वर्षको प्रतिवेदनमा एक १२५ वटा महिला हिंसाका घटना मध्ये ३४ वटा घरेलु हिंसाका घटना भएको उल्लेख छ।

महिला हिंसाविरुद्धको १६ दिने अभियानको चारदिन भित्र जिल्ला प्रहरी कार्यालय सिरहाको महिला बालबालिका सेवा केन्द्रमा ६ वटा घरेलु हिंसाका घटनाको निवेदन परेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक एक नारायण कोईराला महिलामाथि सबभन्दा बढी आफन्तले कुटपीट गरेको, खान नदिएका, घर निकाला गरेका निवेदन लिएर महिला आउने गरेको बताउँछन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: