सभामुखद्वारा सहमति जुटाउन भइरहेको पहलबारे  राष्ट्रपतिलाई जानकारी  


प्रकाशित मिति :2016-12-02 15:57:21

महिला खबर

 

काठमाडौं। सभामुख ओनसरी घर्तीले  व्यवस्थापिका–संसद्मा भइरहेको पछिल्लो गतिविधि राष्ट्रपति विद्या भण्डारीलाई जानकारी गराउनुभएको छ । राष्ट्रपति कार्यालय शीतलनिवासमा भेटी सभामुख घर्तीले पछिल्लो अवस्थामा राजनीतिक दलहरुबीच संसद्मा देखिएको बेमेलको अवस्था अन्त्य गर्न  आफूले थालेको पहलका बारेमा राष्ट्रपति  भण्डारीलाई जानकारी गराउनुभएको थियो ।

सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माका अनुसार  यसक्रममा उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलगायत नेताहरुसँग आफूले छुट्टाछुट्टै छलफल गरेको जानकारी  गराउनुभएको थियो ।

छलफलका क्रममा दलका नेताहरुले सहमतिका साथ अघि बढ्न प्रतिबद्ध रहेको बताएको र आवश्यक परेमा सहमतिको वातावरण बनाउन आफू सदैव तयार रहेको जानकारी सभामुख घर्तीले राष्ट्रपतिलाई गराउनुभयो ।  भेटका क्रममा सभामुख घर्तीले यही मङ्सिर ५ गतेदेखि ११ गतेसम्म आफूले गरेको रसिया भ्रमणबारे पनि जानकारी गराउनुभयो ।

राष्ट्रपति भण्डारीले दलहरूबीचको असहमति हटाएर सहमति जुटाउन संयोजनकारी भूमिका खेल्दै संसद्का गतिविधि अघि बढाउन सभामुख घर्तीलाई आग्रह गर्नुभएको थियो ।

 

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: