अपाङ्गता भएका व्यक्तिलाई दयामाया होइन अधिकार दिऊँः राष्ट्रपति


प्रकाशित मिति :2016-12-03 12:00:52

 महिला खबर

काठमाडाैं । राष्ट्रपति विद्या भण्डारीले अपाङ्गता भएका व्यक्तिहरुलाई दया र मायाको दृष्टिले होइन अधिकारमूखी दृष्टिकोणबाट विकासको मुलप्रवाहमा समाहित गर्दै आत्मनिर्भर तुल्याउने नीति नेपाल सरकारले आत्मसात गरेको बताउनुभएको छ । हासिल गरौं दिगो विकासका १७ लक्ष्य : सुनिश्चत गरौं हामीले चाहेको भविष्य भन्ने मूल नाराका साथ विश्वव्यापी रुपमा मनाउन लागिएको २५ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा शनिवार शुभकामना दिँदै राष्ट्रपति भण्डारीले अपाङ्गता भएका व्यक्तिलाई सम्मानित, स्वाभिमानपूर्वक जीवनयापन गर्न सक्ने वातावरण निर्माण गर्न अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिको कार्यान्वयन गर्दै अपाङ्गतासम्बन्धी कानूनहरुलाई स्थानीयकरण गर्ने कार्य भईरहेको बताउनुभएको छ ।

‘शिक्षा, स्वास्थ्य, जीविकोपार्जन खेलकूद, मनोरञ्जन तथा सामाजिक समावेशीकरणका माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरुको सशक्तिकरणमा अभिबृद्धि गर्दै उनीहरुलाई परिवार एवं समुदायमा नै पुनर्स्थापित गरी आधारभूत मानव अधिकारको उपभोग गर्न सक्षम तुल्याउनु हामी सबैको साझा कर्तव्य हो’ दिवशका अवसरमा राष्ट्रपतिद्वारा जारी विज्ञप्तिमा भनिएको छ। ‘हासिल गरौँ दिगो विकासका १७ लक्ष्य, सुनिश्चित गरौँ हामीले चाहेको भविश्य’ भन्ने मूलनाराका साथ अपाङ्गता भएका व्यक्तिको २५ औँ अन्तर्राष्ट्रिय दिवस आज मनाइँदै छ ।

शिक्षा, स्वास्थ्य, रोजगारी, सूचना तथा सञ्चार र स्वास्थ्य तथा सरसफाइ जस्ता न्यूनतम आधारभूत अधिकारमा अपाङ्गता भएका व्यक्तिको पहुँच निकै कम रहेका छन् । नेपालमा कूल जनसङ्ख्याको करिब ३ प्रतिशत अपाङ्गता भएका व्यक्ति छन् । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९२ देखि विश्वमा यो दिवस मनाउन सुरू गरिएको हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: