इश्वर थापा, बाल मनोविज्ञ
महिला हिंसा अन्त्यको लागि घरबाटै अभियान सुरु गर्नुपर्छ। मैले घरमा महिलालाई एक्लो महशुस नहुने वातावरण बनाएको छु र हरेक अभियानमा साथ साथ अगाडि बढेको छु।
महिला हिंसा अन्त्यको लागि महिलाहरूको क्षमता र सक्रियता पनि उत्तिकै आवश्यक हुन्छ। सक्षमताका लागि पनि मैले घरमा वातावरण बनाएको छु। सक्रियता महिला स्वयमले देखाउनुपर्छ।
वीरमान लामा शेर्पा, लेखक/अन्वेशक
महिला हिंसा अन्त्यका लागि पुरुषकोमात्र प्रयत्न पनि काफी छैन। महिलाले पनि समानताको लागि त्यतिकै प्रयत्न र सक्रियता देखाउनु जरुरी छ। मैले हरेक अवसरमा महिलालाई आफ्नो योग्यता र क्षमता अनुसार सक्रियता देखाउन उत्साहित गरिरहेको छु र महिलाको क्षमता बढाउन आफूले सक्ने ठाउँमा अवसर र सहयोग पनि गरिरहेको छु।
महिला हिंसा अन्त्यको नाममा कुनै एउटा घट्नामा साथ दिएरमात्र हिंसा अन्त्य सम्भव छैन, पुरुषले म पुरुष हो भन्ने अहम त्याग्नुपर्छ र महिलाले पनि आफूलाई सधैँ कमजाेर रुपमामात्र प्रस्तुत गर्नु हुँदैन।
नरबहादुर श्रेष्ठ, प्रिन्सिपल, दोलखा बहुउद्देश्यीय तालिम संस्थान
महिला हिंसा अन्त्यको लागि पुरुष प्रधान समाजको सोचाईमा परिर्वतन आवश्यक छ। महिला र पुरुष एक रथको दुई पाङ्ग्रा हुन् भन्ने भावनाको विकास आवश्यक हुन्छ। यो भावना विकास गराउन मैले आफ्नो ठाँउबाट पहल गरिरहेको छु।
सबै कुराको समाधान कानुनले मात्र दिँदैन, कानुनको प्रयोग व्यवहारिक ढङ्गले गर्ने र भेदभाव अन्त्यको लागि शिक्षित वर्गले प्रयत्न गर्ने हो भने महिला हिंसा ठूलो समस्याको रुपमा रहँदैन भन्ने लाग्छ। घर, परिवार र समाजमा पुरुषत्वको नाममा अनावश्यक दवाव र हस्तक्षप गर्ने कुराले पनि महिला हिंसालाई प्रोत्साहित गरिहरहेको छ।
त्यो कुरा ममा पनि छैन र मैले यस्तो अनावश्यक दम्भ अन्त्यको लागि चेतनामूलक अभियान चलाएको छु।
प्रस्तुतीः सर्मिला बुढाथाेकी
Comment Here!