परिवार नै पीडक


प्रकाशित मिति :2016-12-04 13:09:15

महिला खबर

सुनसरी। सुनसरीमा महिलालाई खान लाउन नदिई कुटपिट गर्ने हिंसाका घटना वर्षै पिच्छे वढ्दै गएको पाइएको छ।  जिल्ला प्रहरी कार्यालय सुनसरीको महिला सेलका अनुसार आर्थिक वर्ष २०७०/ ७१ म्ाा परिवारले खान लाउन नदिएको भन्दै २५ वटा उजुरी दर्ता भएका थिए। आर्थिक वर्ष ७१/ ७२ मा यस्ता २० वटा घटनाको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेको थियो भने वर्षमा यो संख्या वढेर ५९ पुगेको छ। चालु आर्थिक वर्षको साउनदेखि अहिलेसम्ममा ४५ वटा यस्ता घटनाको उजुरी परिसकेको महिला सेलको तथ्याकंमा उल्लेख छ।

जिल्ला प्रहरी कार्यालय महिला सेल प्रमुख विनु वस्नेतका अनुसार वैदेशिक रोजगारमा जानेहरूका श्रीमतीलाई धेरै जसो घर परिवारले खान समेत नदिइ कुटपिट गर्ने, घरनिकाला गर्ने गरेको उजुरी आउने गरेको छ।

वालविवाह भएका परिवारमा पनि यस्तो समस्या रहेको वस्नेतले जानकारी दिनुभयो। उहाँका अनुसार उमेर नपुगी विवाह गर्ने अनि घर परिवारले जे भन्यो त्यही मानेर श्रीमतीलाई खान लाउन नदिई कुटपिट गर्ने गरेका उजुरी आउने गरेका छन्। खानलाउन नदिई घर निकाला गरेर माइतीमा वसिरहेकाले पनि उजुरी दिने गरेका छन्।

यस्तो घटनाको मुद्दा दर्ता गर्न आउनेको विवाह दर्ता समेत नभएको पाइएको छ। श्रीमान र परिवारलाई झिकाएर विवाह दर्ता गर्न लगाउने गरिएको महिला सेल प्रमुख वस्नेतले वताउनुभयो। उहाँले भन्नुभयो ‘केहीलाई मनोपरामर्श पछि तारिखमा राखी व्यवहार सच्याएको नसच्याएको हेरेर कारवाही प्रकृया अघि वढाउने गरिएको छ।’

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: