अभियान जारी छ, तर रोकिएन बालविवाह


प्रकाशित मिति :2016-12-04 13:51:12

पार्वती पाण्डे

कपिलवस्तु । उमेर नपुगी विवाह गर्नु हुँदैन। बालविवाह गर्ने वा गराउनेलाई कानुनतः कारवाही हुन्छ, तर कानुन भएपनि कार्यान्वयन नहुँदा बालविवाह गर्नेक्रम रोकिएको छैन। मधेशी समुदायमा सानै उमेरमा विवाह गर्ने प्रचलन अझै कायमै छ। वालिका दुलही होइनन् राष्ट्रिय सञ्जाल काठमाडौंले दैलेख, वझाङ, वाजुरा, कपिलवस्तु, रौतहट र सप्तरीमा बालविवाहको अवस्थाको वारेमा सर्वेक्षण गरेको छ। सञ्जालले गरेको सर्वेक्षणमा कपिलवस्तुमा १८ वर्ष भन्दा मुनिका ६१ दशमलव ५ प्रतिशतले बालविवाह गरेको देखिएको छ। जसमध्ये यो उमेरमा विवाह गर्नु ठिक थिएन भन्ने ७५ प्रतिशत रहेको संजालका आनन्द तामाङले वताए।

सानै उमेरमा विवाह गर्नुको मुख्य कारण पढ्न नपाउनु, सामाजिक प्रचलन र गरीबी रहेको उनको भनाइ छ। छोरीलाई नपढाउने र सानैमा विहे गरिदिने गरेको पाइएको छ। यनका अनुसार मधेशी समुदायमा पनि महिनावारी नहुँदै छोरीको विहे गरिदिए पुन्य कमाइन्छ भन्ने मान्यता रहेको पाइएको छ।

सामाजिक चलनले गर्दा पनि वालविवाह वढी हुने गरेको सर्वेक्षणले देखाएको छ। ठुलो भएर विवाह गरिदिँदा दाइजो धैरै दिनुपर्ने वाध्यताका कारण सानैमा विहे गरिदिने कुरा सर्वेक्षणले औंल्याएको छ। गरिबी, अशिक्षा र परम्परागत मान्यता यी तीन सवाललाई राज्यले सम्बोधन गर्न आवश्यक रहेको तामाङ बताउँछन्।

सञ्जालका अनुसार प्रत्येक १० जनामा ६ जना वालिकाले उमेर नपुगीकन विवाह गर्ने गरेको छन्। २० वर्ष नपुग्दै विवाह गर्नेलाई, दुलाहा पक्ष , भोजभतेर गराउने समेतलाई ३ वर्ष कैद र १० हजार जरिवान लाग्ने कानुनी व्यवस्था छ।

स्थानिय विकास अधिकारी चन्द्रकान्त न्यौपानेले वालविवाह अन्त्यका, जिविस , महिला तथा वालवालिका कार्यालय , संघ संस्थाले काम गरिरहेको वताउँछन्। वालविवाह गर्दा वालिकाको स्वास्थ्यमा गंभिर असर पर्छ, यसलाई रोक्न सवैले होस्टेमा हैंसे गर्न आवश्यक रहेको उनले बनाए। वौद्धिक सनातन धर्मका प्रकाश सैनी बालविवाहमा पण्डित जानै नहुने तर्क गर्छन्। अन्तरपार्टी जिल्ला सञ्जालका सन्तोषी पाण्डेले बालविवाह अन्त्यका लागि गाउँ गाउँमा सचेतना गर्नु आवश्यक रहेको वताइन। वाल विवाह गरेमा कारवाहि हुन्छ भन्ने सन्दे गाउ गाउ वस्ती वस्तीमा दिनु पर्छ , उनले भनिन्।

युएनएफपिएका क्षेत्रिय निर्देशक राम थापाले बालविवाहले महिलामाथि ठुलो हिंसा हुने गरेको वताउँछन । बालविवाहकै कारण मातृ मत्युदर पनि वढेको छ। उनले भने। कपिलवस्तुमा ६५ दशमलव ५० प्रतिशतमा वालविवाह हुने गरेको महिला तथा वालवालिका कार्यालयका प्रमुख कमला पौडेलले जानकारी दिइन्। सरकारले सन् २०३० सम्म नेपालमा वालविवाह अन्त्य गर्ने लक्ष्य लिएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: