मानव बेचबिखनविरुद्धको कानुनमा पीडितको हकहितको कुरा समेट्न माग


प्रकाशित मिति :2016-12-04 14:25:47

महिला खबर

काठमाडौं। मानव बेचबिखन सम्बन्धी प्रस्तावित कानुनमा पीडितको हकहितको कुरा नसमेटिएको भन्दै यसलाई रुपमा समेट्न माग गरिएको छ। प्रस्तावित मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ को संशोधन विधेयकमाथि गरिएको छलफल गर्न आयोजित एक कार्यक्रममा अधिकारकर्मीले यस्तो माग राखेका हुन्।

महिला कानुन तथा विकास मञ्चले आयोजना गरेको सो कार्यक्रममा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयका उपसचिव सुनिता नेपालले उक्त ऐनको विद्यमान व्यवस्था र प्रस्तावित संशोधन व्यवस्थाबारे जानकारी दिनुभएको थियो। उहाँले अबको कानुनमा पीडित व्यक्तिको मात्र नभई उसको अधिकारको समेत संरक्षण हुने खालका व्यवस्था गरिनुपर्ने बताउनुभयो।

कार्यक्रममा अधिवक्ता बिमला खड्काले मानव बेचविखनको आयाम विभिन्न रुपमा फैलिंदै गएकोलेे यो गम्भीर समस्या भइसकेको र यसलाई समेट्न ऐनमा नै सुधार ल्याउनुपर्ने बताउनुभयो। यसैगरि, अधिवक्ता सविन श्रेष्ठले विद्यमान कानुनमा पीडितलाई क्षतिपूर्ति हुने खालका व्यवस्था नभएको बताउनुभयो। उहाँले भन्नुभयो, ‘पीडित हो भन्ने थाहा हुने वित्तिकै क्षतिपूर्तिको व्यवस्था हुनुपर्दछ। यसले गर्दा, जसरी घाउ हुने बित्तिकै मल्हमले काम गर्छ, पीडकले क्षतिपूर्ति दिने अवस्था नहुँदा वा उ मरेमा पनि पीडितले राहत अनुभव गर्न सक्छ।’

विधेयकमा खासगरि, शोषण शब्दको दायरा बढाउनुपर्ने, वैदेशिक रोजगारीमा संलग्न भएकाको हकमा ठगी र बेचबिखन दुवै पाटोबाट हेर्नुपर्ने, पीडकलाई धरौटीमा रिहा गर्न बन्देज गर्नुपर्ने, बैदेशिक रोजगारमा भइरहेका शोषणलाई सामान्यीकरण हुनबाट रोक्ने, साँस्कृतिक, शैक्षिक कार्यक्रमको नाममा हुने ओसार पसार र बेचविखनलाई समेट्नुपर्ने, पीडितलाई सहज रुपले क्षतिपूर्ति दिलाउनुपर्ने, विदेशमा भएका व्यक्तिलाई उद्धार गर्न प्रष्ट व्यवस्था हुनुपर्नेलगायतका विषय समेट्न सहभागीहरूले जोड दिएका थिए। कार्यक्रममा कानुन व्यवसायी, पत्रकार, महिला अधिकारकर्मी तथा बेचविखन विरुद्ध कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु सहभागी थिए।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: