बजेट र कार्यक्रम प्रति चासो देखाउँदै महिला


प्रकाशित मिति :2016-12-04 15:32:12

शेरबहादुर ऐर

कैलाली। एक वर्ष अघिसम्म गाउँ विकास समितिबाट प्रदान गर्ने सेवासुविधा, योजना तर्जुमा प्रक्रिया, बजेट आदिबारे अनभिज्ञ कैलालीको चौमाला खुरखुरियाका २५ वर्षीया झल्का बोहरो निकै जागरुक भइसकेकी छिन्। गाविसमा सञ्चालन भएका अधिकार र पैरवीसम्बन्धी विभिन्न कार्यक्रममा सहभागी बनेपछि उनमा अधिकार, योजना तर्जुमा, बजेट, विकास कार्यक्रमबारे चासो बढ्दै गएको छ।

‘आठ नौ महिना अघिसम्म मलाई घरभित्रबाहेक बाहिरका कुनै कुरा थाहा हुँदैनथ्यो, अहिले मलाई महिला अधिकार, नागरिक अधिकार, गाविसको योजना तर्जुमा, बजेट, कार्यक्रमबारे धेरै हदसम्म जानकारी छ’ उनले भनिन्

विभिन्न अधिकारमुखी कार्यक्रममा सहभागी भएपछि उनी अहिले बालविवाह रोकथाममा समेत लागेको उनी बताउँछिन्। उनको १२ वर्षको उमेरमा विहे भएको थियो। तर, उनले अहिलेसम्म गाविसमा विहे दर्ता समेत गराएकी छैनन्। उनका श्रीमानले अर्को विवाह गरेका छन्। ‘मेरो विवाह दर्ता गराउन आलटाल गर्छन् श्रीमान्ले’ उनले भनिन्।

उनीजस्तै, चौमाला गोप्काकी विष्णु देवी सुनारले पनि अहिले गाविसका योजनाबारे चासो लिन थालेकी छिन्। उनी शिवगंगा तटबन्ध उपभोक्ता समितिमा कोषाध्यक्ष छिन्। ‘गत जेठमा मलाई सो पदबाट हटाउन खोजे, तर मैले लडेरै आफ्नो पद जोगाएँ’ उनले भनिन्।

चौमाला गाविसमा मानव अधिकार र आत्मसम्मानका लागि सामूहिक आवाज नामक कार्यक्रम लागू भएपछि उनीहरू जस्तै थुप्रैले मानव अधिकार तथा पैरवीसम्बन्धी तालिम पाएका छन्। ती तालिमबाट उनीहरूले नागरिक अधिकार, गाविसले प्रदान गर्ने सेवा सुविधा, बजेट, योजना लगायतबारे जानकारी पाएका छन्।

२० वर्षीया चन्द्रा विष्टले विभिन्न तालिममा सहभागी भएपछि आफू महिनावारी हु“दा गोठभित्र सुत्नुपर्ने बाध्यताबाट मुक्त हुनु परेको बताइन्। ‘म र मेरा घरका दिदीवहिनी, आमा महिनावारी हु“दा छाउ गोठमा सुत्नुपर्दथ्यो’ उनले भनिन्– तालिममा सहभागी बनेपछि हामी आफैले छाउपडी गोठ भत्काएका छौं।’

राष्ट्रिय दलित नेटवर्कले कैलालीका चौमाला, सहजपुर, गोदावरी, मसुरिया, उदासिपुर, हसुलिया र पहलमानपुरमा कार्यक्रम लागू भएको छ।
स्थानीयमा विभेद, मानव अधिकार, जातीय भेदभाव तथा छुवाछुत, स्थानीय शासन, सार्वजनिक सेवा प्रवाहलगायतका पक्षमा महिलालाई जागरुक बनाइरहेको कार्यक्रम संयोजक टेकबहादुर विकले बताए।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: