विपन्न महिलाका लागि निःशुल्क कानुनी परामर्श सेवा


प्रकाशित मिति :2016-12-04 16:35:28

महिला खबर

दोलखा। दोलखामा सञ्चालित न्यायमा पहुँच कार्यक्रमले निःशुल्क कानुनी परामर्श सेवा (लिगल क्लिनिक) शुरु गरेको छ। जुरी नेपालको सहयोगमा जिल्लामा न्यायमा पहुँच अधिकृत नियुक्त गरेर २०७२ मंसिर १० गतेदेखि निःशुल्क कानुनी परामर्श सेवा शुरु गरिएको हो। यस कार्यक्रमले सुरु गरेको निःशुल्क कानुनी परामर्श सेवा अन्तर्गत ३ महिलाले कानुनी परामर्श लिई सकेको कानुन व्यवसायी प्रोणप्रताप केसीले जानकारी दिनुभयो।

पछाडि पारिएका समूहका महिला तथा एकल महिला, द्वन्द्व पीडित, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक एवं बालबालिकाको न्यायमा सहज पहुँच पुर्‍याउने उद्देश्यले निःशुल्क कानुनी परामर्श सेवा शुरु गरिएको यस कार्यक्रमकी जिल्ला संयोजक शर्मिला चौहानले जानकारी दिनुभयो।

उक्त परामर्श सेवाले विशेष गरी दोलखाको भिरकोट र जफे गाविसका महिला तथा बालिकालाई सेवा दिने छ। साथै आर्थिक अवस्था कमजोर भएका दोलखाको अन्य गाविसका महिला तथा बालिकालाई समेत निःशुल्क कानुनी परामर्श उपलब्ध गराईने संयोजक चौहानको भनाई छ। लैंगिक तथा घरेलु हिंसामा परेका पीडित महिलालाई न्यायको पहुँचसम्म पुर्‍याउन परियोजनाले जिल्लामा रहेका महिला तथा बालिकासँग सम्बन्ध राख्ने सरोकारवाल निकायसँग समन्वय गरेर काम गर्ने जनाएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: