समन्वय अभावका कारण लैङि्गक विभेद


प्रकाशित मिति :2016-12-04 17:11:44

महिला खबर

काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेलले मन्त्रालयबीच समन्वय नहुँदा शिक्षामा लैङ्गिक विभेद देखिएको बताउनुभएको छ ।  शिक्षा विभागले आयोजना गरेको छात्रा शिक्षा तथा लैङि्गक समताको दुईदिने राष्ट्रिय सम्मेलनमा बोल्दै शिक्षामन्त्री पौडेलले लैङ्गिक समताका लागि मन्त्रालयबीच एक आपसमा समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।  छात्रामैत्री विद्यालयको वातारण बनाउनुपर्ने धारणा उहाँले राख्नुभयो ।
एसएलसीसम्म छात्राको सङ्ख्या छात्रको तुलनामा बराबर भएपनि  उच्च शिक्षामा घट्ने देखिएकाले उच्च शिक्षामा पनि छात्राको सङ्ख्या बढाउन छात्रामैत्री संरचना अति आवश्यक भएको अाैंल्याउनुभयो ।

कार्यक्रममा शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले विभिन्न मन्त्रालयबाट हुने छात्रा तथा लैङ्गिक समतासम्बन्धी कार्यमा सहकार्य र समन्वयको विकास गर्न सम्मेलन गरिएको जानकारी दिनुभयो ।  सम्मेलनमा शिक्षा, स्वास्थ्य, महिला, बालबालिका तथा समाजकल्याण, युवा तथा खेलकुद र सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका एक सय ६० कर्मचारीको सहभागी छन्

 

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: