पार्वती पाण्डे
कपिलवस्तु पाँच हजार वढीले हस्ताक्षर गरी वालविवाह र लैंगिक हिंसा नगर्ने र अरुलाई पनि गर्न नदिने प्रतिवद्धता सहित बालिका सम्मेलन सकिएको छ। महिला तथा बालबालिका कार्यालयको आयोजना युनिसेफ र युएसएडको सहयोग तथा कालिका स्वाबलम्बन सामाजिक केन्द्र र युवालयको समन्वयमा तौलिहवामा शुक्रवार देखि सम्मेलन गरिएको हो । बालिका सम्मेलनको मुख्य उद्देश्य बालविवाह उन्मुलन गर्ने बालिकालाई सचेत गराई प्रतिबद्धता व्यक्त गराउनु रहेको आयोजकको भनाई छ।
जिवन उपयोगी सिप, प्रतिभा प्रस्फुटन, बालविवाहविरुद्धको बृतचित्रको प्रदर्शनी, नाटक प्रदर्शन, नृत्य, विभिन्न प्रतियोगिता, नागपास, फेस पेन्टिङ्ग र बालविवाहविरुद्धको सामूहिक प्रतिबद्धता गराईने युनिसेफका बालसंरक्षण अधिकृत कामदेब खनालले बताए । सो अवसरमा बोल्ने अधिकांस वक्ताले वालविवाह कसैले गर्न नहुने वताएका थिए। कपिलवस्तु जिल्ला बालविवाहमा मुलुककै दोस्रो स्थानमा परेको र जिल्लाको बालविवाहको दर ६५.५० प्रतिशत रहेको छ।
जिल्लामा ६५ हजार किशोरी रहेकोमा किशोरीको बिद्यालय छोडने दर ३८ प्रतिशत रहेको जानकारी सम्मेलनमा दिइएका थियो। जिल्लामा ४० प्रतिशत किशोरी बालविवाहको जोखिममा रहेकाले सम्मेलनले सो बारे साझा अवधारणा बनाउन आवश्यक रहेकोमा जोड दिएका थिए। कार्यक्रममा थानिय बिकास अधिकारी चन्द्रकान्त न्यौपानेले बालविवाह रोक्नुका साथै बालिकालाई विद्यालय जाने वातावरण बनाउने बिषयमा साझा धारणा बनाउन सम्मेलन सहयोगी बताउनुभयो।
वालवालिका सम्मेलन पहिलो पटक भएको र निकै फलदायी रहेको गैरसरकारी संस्था महासंघका अध्यक्ष प्रविण श्रीवास्तवले वताउनुभयो। कपिलवस्तु जिल्ला वालविवाह हुनेमा अग्रस्थानमा भएकोले अवका दिनमा वावविवाह गर्न हँुदैन भन्ने सन्देश यस सम्मेलनले दिएको उहाँको भनाइ थियो।
Comment Here!