अठार वर्षीया इन्दिराले गरिन् बुबाको किरीया


प्रकाशित मिति :2016-12-05 12:37:12

पूर्णप्रसाद न्यौपाने

indira2

ओखलढुंगा । छोराले मात्रै बुबा आमाको काजकिरीया गर्ने नेपाली चलनलाई ओखलढुंगाको तलुवा १ की इन्दिरा कटवालले चुनौती दिएकी छन् । नसा सम्बन्धी रोगका कारण बुबा रामजी कटवालको ५७ वर्षको उमेरमा मंसिर १४ गते निधन भएपछि इन्दिराले बुबाको किरीया गरेकी हुन् । आमाले ३ वर्षको हुँदा छोडेर हिँडेपछि बुबासँगै बस्दै आएकी इन्दिराले बुबाको निधनपछि आफ्नो बुबाको किरीया आफैँ गर्ने भनेपछि सहयोग गरेर उनैलाई काममा राखिएको ईन्दिराका काका कुल बहादुर कट्वालले बताए । १८ वर्षिया ईन्दिरा परिवारकी एक्ली छोरी हुन् ।

एक दशकअघि देखि उपचार गराईरहेका रामजी कटवालको उपचारकै क्रममा मंसिर १४ गते ओखलढुंगा सामुदायिक अस्पतालमा निधन भएको थियो । उपचार गराउँदा गराउँदै भएभरको सबै सम्पत्ती सकिएपछि अस्पतालले पछिल्लो समय निःशुल्क उपचार गरिदिएको थियो ।
छोरा छोरा भनेर दौडिने नेपाली समाजलाई चुनौति दिन र बाँचुन्जेल चासो नदिने अनि मरेपछि किरीया गर्नमात्र जम्मा हुने नेपाली समाजलाई चुनौती दिन आफ्ना स्वर्गीय बुबाको अन्त्येष्टिलगायतका सम्पूर्ण क्रियाकर्म आफैंले गरेको इन्दिराको भनाई छ । सानैमा छाडेर हिँडेकी आमा सम्पर्कमा नरहेको र बुबाको पनि निधन भएपछि साह्रै एक्लो महसुस भएको उनले बताउने गरेकी छन् ।

समाजमा छोराकै पछि लाग्नेका लागि यो गतिलो जवाफ भएको स्थानियको केदारबाबु बस्नेतले बताए । इन्दिराको शिक्षा,दिक्षाको व्यवस्थापन गर्न सबैले सहयोग गरेर गर्न आवश्यक रहेको बस्नेतको भनाई छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: