हामीलाई हेपियो : महिला स्वयंसेविका


प्रकाशित मिति :2016-12-05 14:38:56

खेमा बस्नेत

mahila
ललितपुर । ‘गाउँमा हुने सम्पूर्ण निःशुल्क स्वास्थ्य सम्बन्धि सेवा तथा परामर्श सेवामा हामी खटिरहेका हुन्छौं, तर हामी आफैँ अपहेलनामा परेका छौं’ कैलालीकी स्वास्थ्य स्वयंसेविका तथा नेपाल स्वास्थ्यस्वयंसेवी संघकी सल्लाहकार शान्ति लामा भन्दै थिइन् ।

‘जवरजस्ति काम गर कसैले भनेको छैन, निःशुल्क स्वयंसेवी भावनाले गरेको हो तैपनि आफ्ना समस्या राख्दा सरकारी ओहोदामा बसेकाले,मन लागे गर मन नलागे नगर भन्छन्’ उनी निराशा पोख्छिन् ।

हाम्रो परिचयपत्र देखाएपछि निःशुल्क उपचार होस् भनी सरकारसँग माग पनि राखेका र परिचय कार्ड बनाएको तर, निःशुल्क उपचार भने कसैले नपाएको उनले वताईन् ।

लामा भन्छिन् ‘हामी दिन भर भोकै काम गरेर भोकै घर जान्छौं ,मासिक रुपमा खाजा खर्च समेत छैन हामीलाई, उल्टो निःशुल्क काम गरेको भन्दै अपहेलना सहनुपर्छ ।’

भजनी त्रिशक्ति नगरपालिकाकी स्वास्थ्य स्वयंसेविका बालकुमारी चौधरीले घरको काम सबै छाडेर समाजको सेवामा दिनरात लागेपनि आफूहरूमाथि अपहेलना भएको अनुभव सुनाउँछिन् । स्वास्थ्य संस्थाले दिएको काम बाहेक स्वास्थ्य सम्बन्धि सम्पूर्ण परामर्श दिने गरेको उनले बताइन् । ‘गर्भवती महिलाको जाँच, बच्चालाई खोप लगाउनेदेखि सबै कुराको परामर्श दिन्छौं, तर तालिम भत्ता बाहेक सरकारले केही सेवा सुविधा दिएको छैन’ उनी भन्छिन् ।

11

आठ वर्षदेखि महिला स्वयंसेविकाहरूले आफ्ना केही सेवासुविधा सम्बन्धि माग राख्दै आएपनि पुरा नगरेको उनीहरूको गुनासो छ । नेपाल स्वास्थ्यस्वयंसेवी संघकी अध्यक्ष टोटला दाहालले महिला स्वास्थ्य स्वयंसेविकाले राखेको माग सरकारले पुरा नगरेको वताईन् । उनले महिला स्वास्थ्य स्वयंसेविकाले नौ बुँदे माग राखेर आन्दोलन समेत गरेपनि अहिलेसम्म पुरा नभएको वताईन् ।

‘हामीले संघमार्फत हाम्रा माग राखेको २०६६ सालवाट हो, तर सरकारले हाम्रा माग पुरा भने गरेको छैन्, हामीले यी माग यसअघि पनि राख्दै आएका थियौं, सुनुवाई नभएपछि महिला स्वास्थ्य स्वयं सेविकाहरूको संघ गठन गरी यस मार्फत आफ्ना आवाज उठाउँदै आएका छौं’ अध्यक्ष दाहालले भनिन् ।

सरकारले अहिले वार्षिकरुपमा ७ हजार ५ सय पोशाक भत्ता, तालिम भत्ता चारसय रुपैयाँ उनीहरूलाई दिँदै आएको छ ।स्वास्थ्य स्वयं सेविकाहरूले ६० वर्षको उमेरसम्म स्वयंसेवी भएर काम गरेका महिलाले अवकास लिँदा ५० हजार देखि १ लाख विदाई शुल्क दिने व्यवस्था हुनुपर्ने, परिचयपत्रवाटै निःशुल्क उपचार पाउनुपर्ने, वार्षिक भत्ता, स्वास्थ्य विमा,चाडपर्व खर्चलगायतका माग राख्दै आएका छन् ।

महिला स्वास्थ्य स्वयंसेविकाले २०४५ सालदेखि स्वास्थ्य सम्बन्धि सरकारका राष्ट्रिय अभियान पोलियो थोपा, आइरन चक्कि, भिटामिन ए कार्यक्रम, मातृ सुरक्षा चक्कि, गर्भवती महिलालाई परामर्शलगायतका काम गर्दै आएका छन् । नेपालमा मात्रृमृत्यु र शिशुमृत्यु दर घटाउन महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताइन्छ । देशभर ५३ हजार महिला स्वास्थस्वयंमसेविका कार्यरत छन् ।

महिला स्वास्थ्य स्वयंसेवकको निस्वार्थ सेवाः स्वस्थ, समृद्ध राष्ट्र निर्माणमा टेवा भन्ने नारासहित आज १३ औं स्वयंसेवक दिवश बिभिन्न कार्यक्रम गरी मनाईंदैछ ।

फाईल तस्विर

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: