नास्ताको पैसा च्याउखेतीमा


प्रकाशित मिति :2016-12-05 15:30:41

राम दहित

mushroom1
कैलाली । नास्ताको लागि पैसा पाइयो भने सामान्यतः हामीले के नास्ता गरौं भन्ने हुन्छ । तर पवेरा जवदह्वाका महिला नास्ताको पैसा बचाएर च्याउखेती गरेका छन् ।

सपना नागरिक सचेतना केन्दमा आवद्ध महिला आफ्नो नास्ताको पैसा बचाएर व्यवसायिक च्याउ खेती गरी उदाहरणीय काम गरेका छन् । च्याउ बेची दैनिक नगद आम्दानी हुन थालेपछि उनीहरू दंग छन् ।

केन्द्रकी संयोजक पुष्पा चौधरीले सामूहिक रुपमा केही गरौं भन्ने सोचले नास्ताको पैसा बचाएर च्याउखेती तिर लगाएको बताइन् । केन्द्रको मासिक चार दिन बैठक हुन्छ भने बार्षिक ५२ साता बैठक बस्नुपर्ने हुन्छ । उक्त बैठकमा प्रत्येक महिलालाई १२ रुपियाँ नास्ताको लागि पैसा छुट्याइएको हुन्छ । त्यही नास्ताको पैसाले केन्द्रका महिलाले च्याउखेती गरेका हुन् ।

समूह गठन हुने वित्तिकै केही गरौं भन्ने सोच थियो, तर हामीसँग आयआर्जन सम्बन्धी कामको लागि लगानीको कुनै श्रोत थिएन, न त सिकेको कुनै सीप’ संयोजक चौधरीले भनिन् ।

समूहका दुई जनाले उन्नत तरकारीबारे तालिम लिएकाले च्याउखेती गरेको बताइन् । संयोजक चौधरी विउविजनलगायत करिब १२ हजार रुपैयाँको लगानीमा सामूहिक च्याउ खेती गरेको सुनाइन् ।

केन्द्रकी सचिव मीरा चौधरी च्याउ खेती त गर्‍यो, तर उत्पादन भएको च्याउका लागि बजार नपाउने हो कि भनेर धेरै चिन्ता रहेपनि ग्राहक आफैँ आउने गरेकोले ढुक्क भएको वताईन् । दुईसय रुपैयाँका दरले दैनिक ३/४ किलो च्याउ विक्री गरिरहेको उनी बताउँछिन् ।

पवेरा गाविसकी सामाजिक परिचालक निलम चौधरीले केन्द्रका महिला सामूहिक रुपमा केही गरौं भनि उत्सुक रहेको र व्यावसायिक च्याउ खेती गर्न गाविस मार्फत योजना माग गर्ने योजनामा उनीहरू रहेको पनि बताईन् ।

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रमकी कार्यक्रम संयोजक गोमा आचार्यले गरिब अतिविपन्न घरपरिवारका महिलाले थोरै लगानीमा पनि आयआर्जन गरि प्रगती गर्नु प्रशंसनीय काम रहेको प्रतिक्रिया दिइन् ।

पवेरा गाविस सचिव बलराम चौधरी सचेतना केन्द्रका महिलाले च्याउखेतीलाई व्यावसायिक बनाउन आउने दिनमा गाविस मार्फत अनुदान र तालिम दिने बताए ।

स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तर्गत विपन्न परिवारका सवाल र पहिचानलगायत समस्या बारे पवेरा गाविस जबदह्वा गाउँमा २०७२ चैतमा सपना नागिरक सचेतना केन्द्र गठन भएको हो । सचेतना केन्द्रमा गाउँका अति विपन्न परिवारका २५ जना महिलाको सहभागी छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: