महिला खबर
भक्तपुर । अपराध अनुसन्धानमा विशेष दख्खल राख्नुभएकी किरण राना महानगरीय प्रहरी परिसर भक्तपुरको प्रमुखमा नियक्त हुनुभएको छ । गत मंसिर पाँच गतेदेखि प्रहरी बरिष्ठ उपरिक्षकको जिम्मेवारी सम्हाल्नुभएकी रानाले भक्तपुरबाट चल्ने लामो र छोटो दुरीका सार्वजनिक यातायातमा व्यवस्था भएको आरक्षणलाई कार्यान्वयन गर्न पहल गर्ने, सार्वजनिक यातायात अपांगमैत्री बनाउन र स्थानीय मदिरा उत्पादन नियन्त्रण गर्न पहल गर्ने बताउनुभएको छ ।
महिला खबर डट कमसँग कुरा गर्दै एसएसपी रानाले पछिल्लो समय भक्तपुरमा महिला हिंसाका घटनामा कमि आएको पनि जानकारी दिनुभयो । भक्तपुरमा अत्यधिक देखिएको बालुवा चोरी निकासी नियन्त्रणको काम निकै चूनौतिपूर्ण रहेको भन्दै यसका लागि आफू डटेर लाग्ने बताउनुभयो । उहाँले ईंटाभट्टामा बालबालिकाको प्रयोग निषेध गर्न कार्ययोजना बनाइरहेको जानकारी पनि दिनुभयो ।
भक्तपुरमा यसअघिका प्रहरी प्रमुख किरण बज्राचार्यको लोकप्रियता पछि नेपाल प्रहरीले पुनः महिलालाई नै कार्यभार सुम्पेको छ । बज्राचार्य हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभागमा सरुवा हुनुभएको छ ।
Comment Here!