बलात्कारको प्रयास गर्नेलाई महिलाले कसे पाता


प्रकाशित मिति :2016-12-06 10:28:03

यमुना खनाल
सिरहा । गोल बजार नगरपालिकाको एक गाउँमा महिलालाई बलात्कारको प्रयास गर्ने एक युवकलाई महिलाले पाता कसेर प्रहरीलाई बुझाएका छन्। महिलाहरूले पाता कसेर प्रहरीलाई बुझाएपछि प्रहरीले जबरजस्ती करणीविरुद्ध मुद्दा दर्ता गरेका ईलाका प्रहरी कार्यालय गोलबजारले जानकारी दिएको छ। महिलाहरूले प्रतिकार गर्दा युबक घाईते भएको बताइएको छ। उनको प्रहरी निगरानीमा उपचार भईरहेको छ।
बस्ती भन्दा टाढा , जंगल भित्र रहेको गाँउमा छ घर धुरी स्थानीयको बसोबास रहेको छ। छ वटै घरका पुरुष वैदेसिक रोजगारीमा गएकाले महिला र बालबालिका मात्र बस्दै आएका छन्।

महिला र बालबालिकामात्र रहेकाले डेढ महिना अगाडीदेखि उक्त युवक टोलमा जाँदै बलात्कारको प्रयास गरेका थिए। यसअघि उसले टोलका पाँचवटा घरको ढोका फोरर, बत्ती निभाएर घर भित्रै पसे पनि महिलाहरूले होहल्ला गरेपछि भाग्न सफल भएको थियो।

तर पछिल्लो पटक तीन छोराछोरी लिएर सुतेकी महिलालाई सुतेकै ठाँउमा बलात्कार गर्ने प्रयास गरेपछि महिलाले झुलले कसेर समात्न सफल भएको बताएका छन्। प्रतिकार गर्दा महिलाको घरको ढोका, टाठमा क्षती पुगेको छ भने अपराधी घाईते भएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: