सार्वजनिक यातायातमा सचेतना


प्रकाशित मिति :2016-12-06 11:16:07

महिला खबर

15380821_1297049550367014_3988228652734774219_n
सुनसरी । एकाविहानै एक हुल विद्यार्थी हुरुरु सार्वजनिक वसभित्र पसे । क्याम्पस जान लागेका होलान् भन्ने ठानेर यतिधेरै विद्यार्थी एउटै वसमा लान सकिँदैन भनेर सहचालकले भन्दै थिए । उनीहरू सवैजना पसेरै छाडे । यताउता हेर्दै अपाङ्गता भएका व्यक्तिलाई छुट्टयाइएको सिटमा वसेका व्यक्तिहरूलाई सम्झाइवुझाई अपाङ्गता भएकैलाई वस्न दिन आग्रह गरे । जेष्ठ नागरिक र अशक्तकालागि छुटयाइएको सिटमा पनि उनीहरूलाई नै वस्न दिन भने । अपाङ्गता,जेष्ठ नागरिक र अशक्त सिट भनेर स्टिकर नटाँसेका गाडीमा स्टिकर समेत टाँसिदिए ।

इटहरीको नमूना कलेजका विद्यार्थीले लंैगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा सार्वजनिक यातायातका साधनमा सचेतना कार्यक्रम गरेका हुन् । इटहरीका चारै तर्फका वस स्टपमा करिव दुई सय विद्यार्थीले समूह वनाएर सार्वजनिक वस भित्र सचेतना कार्यक्रम गरेका हुन् । उनीहरूको नेतृत्व अधिकारकर्मीले गरेका थिए ।

विद्यार्थीले सार्वजनिक यातायातका साधनमा महिलामाथि दुब्र्यवहार हुने गरेको भन्दै दुव्यर्वहार गरे कारवाहीमा परिने वताए । यातायातका साधनमा अपाङ्गता भएका,महिला,जेष्ठ नागरिक र अशक्तकालागि सुरक्षित र भरपर्दो यात्रामा सहयोग गर्न विद्यार्थीले यात्रुसँग आग्रह गरे । कोही कसैले कसैलाई असहज व्यवहार नगर्न उनीहरूले यात्रुलाई सम्झाए । सार्वजनिक यातायातका साधनमा यात्रालाई सुरक्षित र सहज वनाउने सन्देश आफूले भेटेका सवैलाई भनिदिन आग्रह पनि गरे । अन्त्यमा यात्रुको समय लिएकोमा क्षमा माग्दै उनीहरू वाहिरिए ।

सार्वजनिक वसमा यौन हिंसा नहोस र अपाङ्गता भएका,महिला,जेष्ठ नागरिकको यात्रा सहज होस भन्ने उद्देश्यले यो कार्यक्रम सन्चालन गरिएको महिला तथा वालवालिका कार्यालय सुनसरीकी महिला विकास निरीक्षक शुशीला कार्कीले वताउनुभयो ।

कार्यक्रममा सहभागि मानवअधिकार सँजाल सुनसरीका सँयोजक रमेश भटटराईले दुईदिन सँचालित सार्वजनिक वसमा सचेतना कार्यक्रम प्रभावकारी भएको वताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: