वाल र मात्रृ मृत्युदर घट्नुमा स्वयंसेविकाको भूमिका


प्रकाशित मिति :2016-12-06 11:44:09

बिदुर आचार्य

community-women-worker
सिन्धुपाल्चोक । बाल स्वस्थ्य तथा मातृशिशु स्वस्थ्यको क्षेत्रमा उल्लेख्य सुधार आउनुमा स्वस्थ्य स्वयंसेविकाको महत्वपूर्ण भूमिका रहेको स्वास्थ्यका सरोकारवालाहरुले औंल्याएका छन् । १३ औ राष्ट्रिय स्वस्थ्य स्वयसेविका दिवसको अवसरमा सदरमुकाम चौतारामा कारिदास र जनहित सेवा समितिको सहयोगमा आयोजित एक कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्यको क्षेत्रमा उल्लेख्य योगदान गरे वापत स्वय्सेविकाहरूलाई सम्मान गरेको छ । ‘महिला स्वास्थ्य स्वयम् सेविकाहरूको निःस्वार्थ सेवाले वाल र मातृ मृत्युदर घटेको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सुरेन्द्र चौरासियाले स्वयसेविकालाई थप हौसला दिँदै भन्नुभयो,‘सरकारी सेवा सुविधा स्थानियस्तरमा पु¥याउन महत्वपूर्ण भूमिका प्रति आभार सहित अझै सुधार र निरन्तरताको अपेक्षा राख्दछौ ।’

कार्यालयले उत्कृष्ट सेवा पुर्‍याए वापत कुविण्डेकी सरिता सापकोटा, चौताराकी बालादेवी श्रेष्ठ, पीपलडाँडाकी मीना राउतलगायतलाई सम्मान सहित पुरस्कार प्रदान गरेको छ भने सेभ द चिल्ड्रेनको सहयोगमा टुकी संघ सुनकोशीले स्वास्थ्य स्वयसेविकाहरूको हौसला वढाउन टेवा पुग्ने उद्देश्यले ३६ जना स्वयमंसेविकालाई मायाको चिनो हस्तान्तरण गरेको छ । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी अन्तरवहादुर सिलवालले स्वयंसेविकाको सेवा प्रशंसनिय रहेको वताउनुभयो ।

तर स्वयंसेविकाहरूले भने सरकारले आफूहरूलाई दिगो व्यवस्थापन नगरेको भन्दै चिन्ता व्यक्त गरे । नाङ्गो आङ र भोको पेटले सेवा गरिरहेको सवैलाई जानकारी भएर पनि सरकारले यसवारे कुनै सुनुवाई नगरेको उनीहरूको आरोप छ ।

‘भूकम्पमा आफैँ घाईते भएर पनि सेवा गरियो, तर हाम्रो सेवा कसैले गरेन,’ कार्यक्रममा सहभागी एक स्वयंसेविका मीना राउतले भनिन्, ‘वीसौं वर्ष सेवा गरेर रित्तो हात फर्कनुपर्छ । उनले प्रश्न गरिन्, हाम्रो दिगो व्यवस्थापन कहिले हुन्छ ? ’

    Comment Here!

Related NEWS
मुख्य खबर

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: