अपाङ्गमैत्री पुस्तकालय बन्दै


प्रकाशित मिति :2016-12-06 13:09:17

महिला खबर

दोलखा। रिड नेपालको सहयोगमा सदरमुकाम चरिकोटमा भूकम्प प्रतिरोधी तथा अपाङ्गमैत्री सामुदायिक पुस्तकालय निर्माणको सम्झौता भएको छ। रिड नेपालकै सहयोगमा निर्माण भएको गौरीशंकर सामुदायिक पुस्तकालयलाई भूकम्पले क्षति पुर्‍याएपछि गौरीशंकर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको रुपमा भूकम्प प्रतिरोधात्मक तथा आपङ्गमैत्री १० कोठे पक्की भवन निर्माणको सम्झौता भएको हो।

अपाङ्ग मैत्री विपद जोखिम न्यूनिकरण परियोजना मार्फत एकवर्ष भित्र निर्माण हुने सामुदायिक पुस्तकालय सदरमुकाम चरिकोटमा रहने गौरीशंकर पुस्तकालय दोलखाका अध्यक्ष कृष्णबहादुर बस्नेतले जानकारी दिनुभयो। पुस्तकालय भवन निमार्णका लागि आवश्यक पर्ने ३ करोड ६२ लाख ८० हजार रुपैयाँ रिड नेपालले उपलब्ध गराउने छ भने जग्गा लामाचौर सामुदायिक वनले उपलब्ध गराएको छ।

भवन निमार्ण भएपछि जिल्ला रहेका अपाङ्ग, युवा, जेष्ठ नागरिक, महिला, बालबालिकाले आफूलाई मन पर्ने पुस्तक र अन्य जिविकोपार्जन सम्वन्धी सेवा सहज ढङ्गले प्राप्त गर्न सक्ने गौरीशंकर पुस्तकालय दोलखाले जनाएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: