सक्षम वन्दै महिला


प्रकाशित मिति :2016-12-06 16:07:49

विदुर आचार्य

 बेनुका काफ्ले

सिन्धुपाल्चोक । व्यवसाय गरेर आत्मनिर्भर बनेका जिल्लाका महिलाको जीवनस्तरमा निकै सुधार देखिएको छ । पछिल्लो समय एकल वा सामूहिक व्यवसाय गर्ने महिला निकै सक्षम भएका छन् । मेलम्ची नगरपालिका– ६ की सुशिला सापकोटा यसको प्रत्यक्ष उदाहरण हुन् । केही वर्ष अघिसम्म सापकोटालाई घर खर्च चलाउन मुस्किल थियो । परम्परागत कृषिको कुनै विकल्प उनले भेटेकी थिईनन् । तर अहिले उनको अवस्था निकै फरक छ । व्यवसायिक ‘लप्सी क्यान्डी’को उत्पादन, प्रसोधन र विक्रीवाट उनको अवस्था सुध्रिएको हो ।

तीन महिना भन्दा वढी भयो उनी निकै व्यस्त हुन थालेको । ‘लप्सीको गुदी लाग्नासाथ व्यापारीहरू सम्पर्कमा आईहाल्छन्, त्यसपछि सिजन भर निकै मिहेनत गर्नुपर्छ,’ उनी भन्छिन्, ‘यो उत्पादनको सिजन हो, वर्षभरीको कमाई निर्धारण अहिले नै गर्नुपर्छ ।’

विहान घरधन्दा सकेर घाम झुल्किनु अघि नै उनी कारखाना पुग्छिन् । उनीसँगै अरु ६ जनाको समूहले क्यान्डी बनाउने काम गर्छन् । मासिक आम्दामी वारे प्रश्न गर्दा एक प्राथमिक शिक्षकको पारीश्रमिक बराबर जस्तै आम्दामी रहेको उनी वताउँछिन् ।

सुरुका संघर्षका दिन सम्झँदै उनी भन्छिन्, ‘कतिपयले यी महिलाहरूले केही गर्न सक्ने होईनन्, गफ गरेर दिन विताउने माध्यम वनाएका हुन् भनेर हाम्रो धज्जी उडाएका थिए त्यही कुराले हामीलाई गरेर देखाउनुपर्छ भन्ने उत्साह थप्यो ।’ समृद्ध जीवन चाहनेले काममा निरन्तरता दिनु आवश्यक रहेको उनी बताउँछिन् । भन्छिन्, ‘हामी सक्छांै भनेर लाग्ने हो, सफलता त पछि मिल्ने कुरा हो ।’ उनी संलग्न पौरखी लप्सी क्यान्डीमा सम्वद्ध सवै सदस्य (उद्यमीहरु) खटेर काम गर्छन् ।

चौताराकी सुन्तली श्रेष्ठले पाँचवर्षदेखि टेलरिङ पेशा गर्दै आएकी छिन् । जिल्ला लघु उद्यमी संघले तालिम दिएपछि उनी उद्यमी वनेकी हुन् । उनले व्यक्तिगत रुपमा व्यवसाय गरेको यो अवधीमा उनको आफ्नो जीवनस्तर निकै परिवर्तन भएको वताउँछिन् । जिल्लाको उत्तरी क्षेत्रको विकट गाउँ हगामवाट सदरमुकाम आउँदा आफ्नो दिनचर्या मै समस्या देखेकी श्रेष्ठ अहिले सदरमुकामको स्थायी वासिन्दा भएकी छिन् । ‘गाँउमा धेरै दुःख थियो, वर्षभरी दुःख गर्दा समेत छ महिना खान पुग्दैनथ्यो’ कसै गरे पनि व्यवहार धान्न मुस्किल भएर विकल्प खोज्दै चौतारा आएको स्मरण उनले गरिन् । उनी भन्छिन्, ‘सीप सिकेर व्यवसाय गरे, गाउँको दुःख सम्झेर खटेर काम गर्छु, राम्रै छ ।’ उनका अहिले दुईजना सहयोगी समेत छन् ।

जिल्लामा महिलाको अग्रसरता र अगुवाईमा व्यवसायको लहर नै चलेको छ । सीप सिकेका र सिक्दै गरेका महिलाको पहिलो प्राथमिकता व्यवसाय नै हुने गरेको पाईन्छ । पछिल्लो समय महिला व्यवसायीले व्रिकेट, क्यान्डी, ढाका वुनाई, अलैँची, तरकारी खेतीलगायतका व्यवसाय गर्दै गरेको पाईएतापनि अधिकांश महिलाले सिलाई कटाई नै रोज्ने गरेको घरेलु तथा साना उद्योग विकास समितीकी बरिष्ठ उद्योग अधिकृत कल्पना शर्मा अधिकारी वताउँछिन् । ‘भूकम्पले ध्वस्त वनाएको यो जिल्लामा पुननिर्माणको सुरुवात भैरहेको छ, अव जिल्लामा धेरै भन्दा धेरै महिला डकर्मी र प्लम्वर उत्पादन गर्ने लक्ष्य समितिको छ ।’ महिलालाई आत्मवल जुटाउन अनुरोध गर्दै उनले भनिन्, ‘घरको सवै काम गर्न महिलाले सक्छन् भने पुननिर्माणको काम गर्न पनि सकिन्छ ।’ पुननिर्माण महिलामैत्री वनाउन पनि महिलालाई अग्रसर वनाउनु जरुरी रहेको उनको राय छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

महिला

-वसन्त आचार्य- गरेर परिवारको हेरचाह, राख्द छिन् ख्याल अरुको पनि, जहाँ देखिन्छन् चोटहरु, उहीँ पुग्दछिन् मलम बनी

सामाजिक सेवा र महिला अधिकार

-रुपा थापा- अघि बढ्नु पर्छ छोरी सधै तिमीले चम्किएर त्यो किरण सरि यो सामाजिक सेवामा सारा ती मौनतालाई तोडेर

सामाजिक सेवा र महिला अधिकार

-कल्पना नेपाल आचार्य- त्याग र समपर्णको भावमा रमाएर कति पीडा र व्यथा लुकाएर ओठमा मुस्कान छर्न तम्तयार

एक सडक बालक

-अप्सरा लावती लिम्बु- टोलाएर हेरी बसेको छ,फोहोरको डंगुरमाथी के के होलान है खानेकुरा भनेर कल्पनाले ऊ तरंगीत छ

पत्रकार मृत फेला

-महिला खबर- पत्रकार निर्मला पहराई शुक्रबार मृत फेला परेकी छिन् ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: