महिला खबर
काठमाडौं । लोकसेवा आयोग निजामतीतर्फ पुरुषको भन्दा महिलाको आवेदन बढी पर्ने गरेको छ । आयोगको प्रतिवेदनमा पुरुषको तुलनामा महिलाको सात प्रतिशत बढी आवेदन पर्ने गरेको आयोगका उपसचिव गीता हुमागाईंले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा १३ हजार ११२ पदका लागि पाँच लाख ९५ हजार ३१ ले आवेदन दिएका थिए । यीमध्ये ५३।५ प्रतिशत महिलाको आवेदन परेको उहाँले बताउनुभयो । कुल आवेदनमध्ये तीनलाख १८ हजार ५०३ महिला र दुई लाख ७५ हजार ८७७ पुरुषको रहेको थियो ।
महिलाकलागि पद धेरै खुल्ने र खुला तथा आरक्षण दुवैमा दिन पाउने भएकाले पुरुषको भन्दा महिलाको आवेदन बढी भएको हुमागाईंले बताउनुभयो । स्टार्फ नर्स, अनमी र सहायक महिला विकास निरीक्षक जस्ता पद महिलाका लागि मात्र भएकाले यी पदमा महिलाका आवेदन आउने उहाँको भनाइ छ ।
आयोगमा आर्थिक वर्ष २०७१÷ ०७२ देखि पुरुषकोभन्दा महिलाको बढी आवेदन पर्ने गरेको उहाँ बताउनुहुन्छ । तर छनोटमा भने पुरुष बढी छन् । आवेदन दिएकामध्ये ६२ प्रतिशत पुरुष र ३८ प्रतिशत महिला उम्मेदवार नियुक्तिका लागि छनोटमा पर्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।
Comment Here!