सूचना आउनसाथ नागरिकता दिन पहल गर्ने


प्रकाशित मिति :2016-12-06 17:23:00

महिला खबर

national-consultaion
काठमाडाैं। राष्ट्रिय महिला आयोगका सचिव रामप्रसाद भट्टराईले नागरिकता नपाएका महिलाले जुनसुकै माध्यमबाट सूचना दिए जिल्ला प्रशासन कार्यालयमा गएर नागरिकता दिलाउन पहल गरिदिने बताउनुभएको छ। अक्सफाम, प्रेरणा र मानव अधिकारका लागि महिला, एकल महिला समूहको संयुक्त आयोजनामा भएको नागरिकतामा महिलाको सवाल र कानुनी प्रावधान विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव भट्टराइले अरु महिलाको तुलनामा एकल महिलाले धेरै हिंसा सहनु परेको बताउँदै नागरिकता लिनका लागि पुरुषको सहयोग चाहिनेमा जोड दिनुभयो।

उहाँले कानुनी पाटोबाट महिलाहरूलाई नागरिकता दिलाउने जटिलता हटाउने गरी ऐन बनाउन राष्ट्रिय महिला आयोगले सम्बन्धित निकायलाई सुझाब दिएको पनि जानकारी दिनुभयो। सरकारी निकायले नागरिकता दिन आलटाल गरेरमा उनीहरूलाई कसरी जिम्मेवार बनाउने सम्बन्धमा छलफल भईरहेको सचिव भट्टराईले वताउनुभयो।

नेपालको सविधान २०७२ मा नागरिकतासम्बन्धी व्यवस्थाको धारा १० मा कुनै पनि नेपाली नागरिकलाई नागरिकता लिनबाट बन्चित गरिने छैन भनेतापनि धेरै महिला नागरिकतावाट बन्चित हुनुपरेको छ।

कार्यक्रममा बोल्दै अधिबक्ता प्रा.डा.शशी अधिकारीले नेपालको संविधानमा नेपाली नागरिकलाई नागरिकतावाट बन्चित गरिने छैन भनेतापनि विभिन्न कारणले महिलाहरूले नागरिकता नपाएको भन्दै कानुनी जटिलता सम्बन्धी बुँदाहरू प्रस्तुत गर्नु भएको थियो। उहाँले महिलाको पहुँच तथा शिक्षाका कारणले नागरिकतावाट बन्चित भएको वताउनुभएको छ।

‘महिलाले शिक्षा तथा चेतना अभावका कारण नागरिकतावाट बन्चित छन् जसले गर्दा महिला राज्यवाट पाउने सेवासुविधावाट बन्चित भएका छन् भने श्रीमान्ले छाडेका श्रीमतीको नागरिकता नबन्दा अधिकांश महिलाले आफ्ना बालबलिका स्कुलमा भर्ना नहुने, नेपाली नागरिक हुनवाट बन्चित हुनपर्ने, रोजगार तथा व्यवसाय गर्नेवाट बन्चित भएका छन्’ अधिवक्ता अधिकारीले भन्नुभयो।

त्यसैगरी महिला तथा बालबालिका विभागका महानिर्देशक नरेशकुमार चापागाईले महिलाहरू पररम्परागत भुमिकावाट बाहिर आउन नसक्दा नागरिकतालगायतका अधिकारबाट वन्चित हुनुपरेको बताउनुभयो। साथै उहाँले नागरिकता नपाउनेहरुले सूचना दिए जिल्ला प्रशाशन कार्यालयमा गएरै नागरिकता दिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो। राष्ट्रिय पूर्ननिमार्ण प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले कानुनले दिएको प्रावधान अनुसार सबैले नागरिकता पाउनु पर्ने वताउनुभयो।

कार्यक्रमा बोल्दै दक्षिणकाली नगरपालिकाका भुवन अर्यालले विभिन्न कारणले नागरिकता पाउनवाट बन्तिच महिलाहरुलाई नागरिकता दिलाउनु सहयोग गर्ने वताउनुभयो। चन्द्रागिरी नगरपालिकाका प्रमुख कृष्णप्रसाद जैशीले कानुनीमा लेखिएका कुरा व्यवहारमा उतार्न कठिन भएको वताउनुभयो। कानुनमा महिलालाई राम्रो प्रावधान छ, तर कानुनी निकायवाट प्रभावकारीरुपमा कार्यान्वय भएमा मात्र यस्ता समस्या सामाधान हुने वताउनुभयो।

कार्यक्रममा श्रीमान्वाटै नागरिकता पाउनवाट बन्चित भएका गोर्खा, धादिङ, सिन्धुपाल्चोक, सर्खेत, मकवानपुर लगायतका जिल्लाका महिलाको सहभागिता रहेको थियो।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: