सुरक्षित महिनावारी राष्ट्रिय अभियानमा इन्द्रसरा


प्रकाशित मिति :2016-12-07 12:27:35

महिला खबर
बैतडी । महिलालाई छाउ भएको बेलामा छाउपडी गोठमा राख्ने कुप्रथाविरुद्धमा सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल गठन गरिएको छ । सुरक्षित महिनावारी राष्ट्रिय अभियानमा पत्रकार इन्द्रसरा खड्काको अध्यक्षतामा सात सदस्यीय सञ्जाल बनाइ सो अभियान सुरु भएको छ ।

बैतडीलगायत सुदूरपश्चिमका विभिन्न ठाउँमा अझै छाउभएको बेला अलग्गै बस्नुपर्ने र दुध दही खान नहुने परम्परा रहेको छ । छाउपडीले घरमा बस्दा देवता रिसाउँछ भन्ने पुरातनबादी सोचले महिलाहरूले समस्या सहेर बस्नु परेको अध्यक्ष खड्का वताईन् । छाउभएको महिलाहरूलाई सरसफाई तथा पोषिलो खानेकुरा खान दिनुपर्ने जस्ता कुराको जनचेतना फैलाउनका यो अभियानमा लागेको उनले वताईन् ।

गुल्मीबाट सुरु भएको यो अभियान अहिले नेपालका ४ जिल्लमा सञ्चालन भएको छ । गुल्मी, दाङ, कैलाली र बैतडीमा सुरक्षित महिनावारी राष्ट्रिय अभियान सञ्जाल गठन गरिएको राष्ट्रिय अभियान सञ्जालका अध्यक्ष गंंगा खड्काले बताइन् । उनले अब देशका सबै जिल्लामा यो अभियान विस्तार गर्ने तयारी गरिरहेको वताईन् ।

सन्जालका सदस्यमा पार्बती भट्ट,सरस्वती भट्ट, मिना चन्द, जानकी बोगटी, अम्बीका भण्डारी लक्ष्मी बिस्ट र बसन्ती भट्ट रहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: