टनकपुर र पञ्चेश्वर सुम्पनेले राष्ट्रवादको कुरा गर्नु गलत : पम्फा भुसाल


प्रकाशित मिति :2016-12-07 15:31:38

महिला खबर
pampha-bhusalभक्तपुर । नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले टनकपुर र पञ्चेश्वर सुम्पनेले राष्ट्रवादको कुरा गर्नु गलत भएको बताउनु भएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै भुसालले आफू सरकारमा हुँदा देशको सम्पत्ति विदेशीलाई सुम्पनेले राष्ट्रहितमा काम गरिरहेको सरकारलाई राष्ट्रघाती भन्न नसुहाउने बताउनु भयो ।

उहाँले एमाले संघीयताको पक्षमा, समावेशी र समानुपातिक रुपमा जान नचाहेको भन्दै संघियता, समानुपातिकता र समावेशी अधिकार नदिएसम्म कोही पनि राष्ट्रवादी हुन नसक्ने र यसको विरोधमा जाने जो सुकै पनि राष्ट्रघाती हुने बताउनुभयो ।

यसैगरि, संविधान संशोधनको विषयमा भइरहेको आन्दोलन नेपाली जनतालाई राजनीतिज्ञहरूले
बुझाउन नसक्दा भइरहेको र एमालेले जनतालाई आफ्नो भोट बैंकका रुपमा मात्र प्रयोग गरिरहेको उहाँको टिप्पणी छ ।

संविधान संशोधन नभए तीनै तहको निर्वाचन सम्भव नहुने र संविधान कार्यान्वयन समेत नहुने भएकाले संशोधन प्रस्ताव पारित भएसँगै तोकिएकै समयमै निर्वाचन हुने उहाँको दावी छ ।

प्रतिगमनकारी र बाहिरी शक्तिको चलखेलका कारण नेपाल र नेपालीले प्राप्त गरेको गणतन्त्र गुम्ने खतरामा रहेको भन्दै भुसालले वर्तमान समयमा सफल संविधान कार्यान्वयन तर्फ लाग्नु पर्नेमा जोड दिनुभयो ।

माओवादी केन्द्रको महाधिवेशन आयोजक समितिमा चार हजार केन्द्रिय सदस्यको आवश्यकता रहेको भन्दै उहाँले पार्टीले संविधान संशोधन गर्दै तीनै तहको निर्वाचनका काम र भूकम्प पीडितको मागलाई प्राथमिकता दिएको जानकारी दिनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: