हिंसा नियन्त्रण गर्न स्थानीयनिकाय मै संयन्त्र बनाऊँ : मुख्य सचिव


प्रकाशित मिति :2016-12-07 16:41:50

महिला खबर

dr-somlal-subedia
काठमाडौं । नेपाल सरकारका मुख्य सचिव सोमलाल सुवेदीले लैंगिक हिंसा नियन्त्रणका लागि स्थानीय निकाय मै सामाजिक परिचालक वा त्यस्तै खाले संयन्त्र निर्माण गरिनुपर्ने बताउनुभएको छ । यस्ताखाले संयन्त्र बनाउने गृहकार्य गर्न महिला बालबालिका मन्त्रालयलाई उहाँले निर्देशन पनि दिनुभयो । केन्द्रमा मात्रै संरचना हुँदा वा यस्ता वहसका कार्यक्रमले स्थानीयस्तरमा नभेट्ने हुँदा मानव विकास सूचकांकमा तल रहेका क्षेत्रलाई हेरेर यस्ता संयन्त्र बनाउने कामको गृहकार्य आगामी वर्षको बजेट बनाउनुअघि नै गरे बजेटमै यो कार्यक्रम समेट्न सकिने उहाँको भनाइ थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले बुधवार आयोजना गरेको लैंगिक हिंसा नियन्त्रण सम्बन्धि कानून कार्यान्वयनको प्रभावकारिता विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै मुख्य सचिव सुवेदीले अहिले स्थानीय निकाय पुर्नसंरचनाका लागि काम पनि भइरहेकाले यसक्रममा यसको अवधारणा समेट्न सकिने र यस्ताखाले कार्यक्रमले अनुभूति हुनेगरि परिवर्तन गर्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो ‘दुईसय गाउँपालिकामा यस्ताखाले संरचना बनाउन सके परिवर्तन हुन्छ ।’ बजेट अनुसार कार्यक्रम परिणाममुखि नभए बजेट पनि परिवर्तन गर्न सकिने तर्क उहाँको थियो । ‘लैंगिक हिंसा नियन्त्रणका लागि निर्दिष्ट गरिएको कार्यक्रम भन्दा साधारण कार्यक्रममा बजेट धेरै खर्च भएकाले परिणाम देखिएन’ उहाँले थप्नुभयो ।

prg

उहाँले लैगिंक हिंसा यिन्त्रण हुन नसक्नुमा कानुन र व्यवहारबीचको खाडल मुख्य भएको बताउनुभयो । कानुन, व्यवहार र शसक्तिकरणबीच भएको खाडलका कारण कानुन कार्यान्वयनमा समस्या भइरहेको उहाँले औंल्याउनुभयो । उहाँले भन्नुभयो ‘कानुन सुधार हुँदैमा व्यवहार सुधार हुँदैन, हामी कानुन संशोधन गर्छौ, नयाँ कानुन बनाउँछौं, तर यसको कार्यान्वयन गर्न आवश्यक स्रोतको पाटोलाई ख्याल नगर्दा कार्यान्वयनमा समस्या भइरहेको छ ।’

कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयका सचिव बिष्णु लम्सालले हिंसाविरुद्ध शुन्य सहनशीलता कायम गर्न पुरुष नेतृत्वको अवधारणा अनुसार चलचित्रका नायकलाई सदभावना दुत बनाएको भन्दै हिंसा नियन्त्रणका लागि कामहरू भइरहेको बताउनुभयो । उहाँले राष्ट्रपनि महिला उत्थान कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना बनाउने बनिरहेको जानकारी दिनुभयो । सरकारले आर्थिक वर्ष २०७३/ ०७४ को नीति तथा कार्यक्रम र बजेटमा राष्ट्रपति महिला उत्थान कार्यक्रम ल्याएको थियो ।

कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सहसचिव रमेश ढकालले महिला हिंसा नियन्त्रणका लागि प्रशस्त कानुन भएपनि यसको कार्यान्वयन चूनौतिपूर्ण भएको बताउनुभयो । उहाँले लैंगिक हिंसा नियन्त्रण तथा लैंगिक समानता कायम गर्न ३३ वटा विभेदकारी कानुन संशोधन र खारेज गरिएको जानकारी दिनुभयो ।

लैगिंक हिंसा नियन्त्रण तथा लैंगिक न्याय सम्बन्धि अवधारणा सामान्यबाट विशिक्ष्टिकरण तर्फ उन्मुख भएको भन्दै महिला अधिकार औपचारिक समानताबाट सारभूत समानता तर्फ अघि बढेको उहाँले बताउनुभयो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: