ममताकाे उपचार गर्न आर्थिक सहयोग संकलन


प्रकाशित मिति :2016-12-07 17:05:47

बेलिना थापा

लमजुङ। कञ्चनपुरका दिवंगत पत्रकार कर्ण बोहराकी धर्मपत्नी ममता बोहराको सहयोगार्थ नेपाल पत्रकार महासंघ लमजुङ शाखाले आर्थिक संकलन सुरु गरेको छ। नेपाल पत्रकार महासंघ लमजुङ शाखाका अध्यक्ष नवीनराज कुइँकेल र उपाध्यक्ष आश गुरुङले ममताको दुवै मृगौला काम नलाग्ने अवस्थामा उपचार भइरहेको जानकारी गराउँदै सहयोग गर्न आग्रह गर्नुभएको छ।

उहाँलाई आर्थिक सहयोग गर्न नेपाल पत्रकार महासंघको बेसीसहरस्थित कार्यालयमा सम्पर्क गर्न सकिने महासंघका जिल्ला अध्यक्ष कुइँकेलले बताउनुभयो। महासंघले दोर्दी र मर्स्याङ्दी नदीको दोभान क्षेत्र त्रिवेणीबाट सोमबारदेखि सहयोग संकलन अभियान थालेको हो।

सो अवसरमा नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष कृष्ण केसीले पाँच हजार रुपैयाँ सहयोग गर्ने बताउनुभएको छ। सहयोग संकलन अभियानमा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारले पनि आर्थिक संकलन गरि पत्रकार महासंघमा बुझाउने बताएका छन्।  स्व कर्ण बोहरापत्नी ममताको काठमाडौंको मध्यबानेश्वरस्थित भेनिस अस्पतालमा उपचार भइरहेको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: