भूकम्प पीडित आवास अनुदानमा महिलाको पहुँच न्यून


प्रकाशित मिति :2016-12-08 10:21:48

सर्मिला बुढाथोकी

अनुदान सम्झौताको लागि बसेका दोलखाका भूकम्प पीडित महिला

अनुदान सम्झौताका लागि बसेका दोलखाका भूकम्प पीडित महिला

दोलखा । दोलखामा निजी आवास पुनःनिर्माणका लागि नेपाल सरकारले दिएको अनुदानमा महिलाको पहुँच न्युन रहेको एक अध्ययनले देखाएको छ।
‘सबैका लागि न्याय’ नामक संस्थाले भूकम्पबाट प्रभावित सिन्धुपाल्चोक, काठमाडौं र दोलखामा गरेको नीजि आवास पुननिर्माण प्रक्रिया अनुगमनको मस्यौदा प्रतिवेदनमा यस्तो देखिएको छ। संस्थालेे घर पुर्ण रुपमा भत्किएका तीन जिल्लाका दुई सयजनासँग गरेको सर्वेक्षणले १६ प्रतिशत महिलालेमात्रै नेपाल सरकारले दिएको अनुदान प्राप्त गर्न सक्ने अवस्था देखिएको प्रतिवेदनमा उल्लेख छ।

अनुगमन प्रतिवेदनको मस्यौदामाथिको छलफल कार्यक्रममा अनुगमनको क्रममा परिचयपत्रको सम्बन्धमा अन्यौल, महिलालाई घरमुली नमानेका कारण सूचिकृत हुनबाट बञ्चित रहेको, गुनासो व्यवस्थापन बारे सुचनाको अभाव, महिलाको नाममा धितो राख्न सम्पत्ति नभएको, एकल महिला, अपाङ्गता भएका महिला र बृद्धाहरूलाई घरको नक्सा डिजाईनबारे प्राविधिक परामर्शको अभावलगायतका विषयमा जानकारी गराईएको थियो।

 भूकम्प ले क्षतिग्रस्त घर र संगै अस्थाई टहरा

भूकम्प ले क्षतिग्रस्त घर र संगै अस्थाई टहरा

त्यसैगरी महिलाको हकमा नीति कार्यान्वयनमा देखिएको समस्याका बारेमा समेत जानकारी गराईएको थियो। कार्यक्रमका सहभागिले एकल महिला, दलित महिला, अपाङ्गता भएका महिलाको गुनासो सुनुवाईलाई प्राथामिकतामा राख्न सुझाव दिएका थिए।

दोलखा जिल्लामा भूकम्प पीडित परिचयपत्र महिलाको नाममा नभएको तथा भूकम्प पीडित परिचयपत्र भएर पनि श्रीमान विदेशमा भएकोले अनुदान सम्झौता हुन नसकेको उजुरी जिल्ला विकास समितिमा रहेको भूकम्पिय आवास पुर्ननिर्माण समायोजन जिल्ला आयोजना कार्यान्वयन इकाईमा परेको भएपनि अहिले समस्या समाधान भै सकेको बताईएको छ।

सुरु सुरुमा स्पष्ट निर्देशिका नहुँदा महिलाको नाममा अनुदान सम्झौतामा समस्या थियो, तर पुर्ननिर्माण प्राधिकरणले आधिकारीक प्रतिनिधि तोक्ने फारामको अनुसूचि १ मा संशोधन गरेपछि अहिले महिलाको नाममा समेत सम्झौता हुन थालेको छ – इकाईका टिका जोशीले भने। अहिले भूकम्प पीडित परिचयपत्र श्रीमानको नाममा भएपनि श्रीमतीलाई मञ्जुरीनामा दिएपछि श्रीमतीकै नाममा अनुदान सम्झौता हुनसक्ने व्यवस्था भएको जोशीले बताए।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: