मानव अधिकारको अनुभूति नागरिकले गर्न पाउनुपर्ने


प्रकाशित मिति :2016-12-08 13:03:37

महिला खबर

काठमाडौं। सातौं मानव अधिकार राष्ट्रिय महाभेला–२०७२ को प्रतिवेदन आज सार्वजनिक गरिएको छ। उक्त प्रतिवेदनमा मानव अधिकार सम्बन्धी सूचना, विभिन्न गतिविधि तथा अधिकारकर्मीका लेख रचना समावेश गरिएको छ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले प्रतिवेदन विमोचन गर्दै मुलुकमा मानव अधिकारको संरक्षण गर्नका लागि सम्बन्धित पक्षलाई दवाव दिन पुस्तक उपयोगी रहेको बताउनुभयो। लोकतान्त्रिक मुलुकमा मानव अधिकारको अनुभूति नागरिकले गर्न पाउनुपर्नेमा जोड दिँदै उहाँले त्यसको वहाली तथा प्रत्याभूत गर्ने दायित्व सरकारको हो, भन्नुभयो। अध्यक्ष शर्माले शिक्षा, खाद्य अधिकारलाई संविधानमा सुरक्षित गरे पनि त्यसको प्राप्ति कसरी गर्ने भन्नेमा सबै दलले साझा दृष्टिकोण बनाउनुपर्ने सुझाव दिनुभयो।

नेकपा (माले) का महासचिव सिपी मैनालीले राजनीतिक दलका पृथक दृष्टिकोण रहेपनि राष्ट्रियता, नागरिक अधिकार, सामाजिक न्याय तथा मानवीय संवेदनाका क्षेत्रमा हेर्ने एउटै धारणा हुनुपर्नेमा जोड दिनुभयो।

महिला आयोगका सचिव रामप्रसाद भट्टराईले महिला मानव अधिकार र दिगो विकासका लागि लैिङ्गक हिंसा नियन्त्रण विषयमा कार्यपत्र प्रस्तुत गर्दै विभिन्न अध्ययनबाट दलित महिला बढी हिंसामा परेको जानकारी दिनुभयो।

वियोण्ड वेजिङ कमिटि (विविसी)का उपाध्यक्ष सुशीला श्रेष्ठले संविधानमा अधिकार स्थापना गरिएपनि व्यवहारमा महिलाले पाउनुपर्ने अधिकार प्राप्त गर्न नसकेकामा चिन्ता व्यक्त गर्नुभयो। सो अवसरमा बिबिसीका अध्यक्ष शान्तालक्ष्मी श्रेष्ठले आठौं मानव अधिकार राष्ट्रिय महाभेलाका संयोजक सोनी लामालाई शान्तालक्ष्मी श्रेष्ठ मानव अधिकार पुरस्कार’ प्रदान गर्न २० हजार रुपैयाँ हस्तान्तरण गर्नुभयो। श्रेष्ठले पाँच लाखको अक्षयकोष स्थापना गर्नुभएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: