पेनलेस प्रसूति सेवाप्रति आकर्षित हुँदै महिला


प्रकाशित मिति :2016-12-08 14:28:48

महिला खबर

सुनसरी। दुखाईरहित पेनलेस प्रसूति सेवा दिँदै आएको सुरक्षा अस्पताल विराटनगरवाट तीन महिनाको अवधिमा एक सय एक जना महिलाले सेवा लिएका छन। अस्पताल सञ्चालक डा रम्भा देवका अनुसार गत साउन २९ गतेदेखि सुरक्षा अस्पतालमा पेनलेस प्रसूति सेवा सुरु गरेको हो।

डा. देवले पेनलेस प्रसूति सेवा पूर्वाञ्चलमै पहिलो पटक भएको दावी गर्नुभयो। पेनलेस प्रसूति सेवाका लागि दुखाई रोग विशेषज्ञ डा शैलेश जँग डाँगीको नेतृत्वमा १२ जनाको टोली रहेको डा देवले जानकारी दिनुभयो। प्रसूति व्यथा खप्न नसक्ने महिलाकालागि पेनलेस प्रसूति सेवा प्रभावकारी वनेको अस्पतालले जनाएको छ।

यो प्रविधिमा विशेषज्ञ डक्टरको निगरानीमा दुखेको महशुस नै नगराई वच्चा जन्माउने गरिन्छ। सामान्य रुपमा बच्चा जन्माउँदा धेरै पीडा हुने डरले धेरै महिलाले शल्यक्रिया गराउने तर पेनलेस प्रविधिमा ९९ प्रतिशत शल्यक्रिया नगरि दुखाई पनि नभई सुत्केर िगराइने डा देवले वताउनुभयो। शल्यक्रिया गर्नै पर्ने विशेष अवस्था भएमामात्र गरिने उहाँले वताउनुभयो।

अस्पतालले गरेको पत्रकार सम्मेलनमा धनकुटा ५ की मिना घिमिरेले यो प्रविधिवाट सुत्केरी हुँदा आफूलाई दुखाई नभएको प्रतिकृया दिनुभयो। पेनलेश डेलिभरि सेवाकालागि अस्पतालले अन्य डेलिभरी भन्दा औषधीसहित साढे सात हजार रुपैयाँ धेरै रकम लिने गरेको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

यो आँधी खोलाको कथा होइन

-मनु लोहोरूङ राई- स्त्री आर्तनदलाई झ्याउरे लय सम्झेर परिस्थितिलाई नचाउँदै लिलाम घटाघटमा नारी अस्मिताको मुल्य फर्छ्यौट गर्ने-

आश्वासनका ढुङ्गा !

-पवित्रा थापा- अचानक लामो लकडाउनसँगै जान नपाएर साहुको मेला मेरो परिवार भयावह महामारीले भन्दा

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: