महिला हिंसाविरुद्ध कानुन कार्यान्वयन गर्न जटिल


प्रकाशित मिति :2016-12-08 15:29:46

महिला खबर

काठमाडौं। महिलाबालबालिका तथा समाज कल्याण मन्त्रालयका सह–सचिव नारायण काफ्लेले महिला विरुद्ध हुने सबैखालका हिंसा रोक्न ऐन, कानुन भएपनि कार्यान्वयन गर्न कठिन भएको बताउनुभएको छ। ‘कुरितीजन्य हिंसा र यसको धार्मिक मान्यता’विषयक एक अर्न्तक्रिया कार्यक्रममा बोल्दै सहसचिव काफ्लेले खासगरि धर्मको आडमा भइरहेका हिंसा न्यूनिकरण गर्न कानुनमात्र पर्याप्त नभएकाले व्यक्ति, सरोकारवाला संस्था र सरकारबिच समन्यव आवश्यक रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ‘कानुन त बन्छ तर कार्यान्वयन पक्ष फितलो छ। कानुन कायान्वयन गर्न विभिन्न कुराले प्रभाव पार्छ। यसको लागि हामी प्रतिवद्ध हुनैपर्छ।’

कार्यक्रममा उहाँले महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयसित सम्बन्धित नीतिगत व्यवस्था तथा कार्यक्रमबारे जानकारी दिनुभएको थियो। यसैगरि,कार्यक्रममा हि्रकनका अध्यक्ष अमृता लम्सालले महिलामाथि परम्परागत रुपमा हुँदै आएको हानिकारक प्रचलनहरू विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। कार्यपत्रबारे बोल्दै अध्यक्ष लम्सालले हिंसा भइरहेपनि पीडितलाई हेर्ने दृष्टिकोण नबदलिएकोले महिलाले न्याय पाउन नसकेको बताउनुभयो।

यसैगरि, धर्मसम्बन्धी जानकार रघुनाथ आर्चायले खासगरि हिन्दु धर्ममा रजस्वलापछि नारी पवित्र हुने मानिए पनि त्यसलाई कुरितीको रुपमा व्याख्या गरिएको बताउनुभयो। एक कार्यपत्र प्रस्तुत गर्दै उहाँले माहिलामाथि धर्मको नाममा भइरहेका हिंसा अन्त्य गर्न जनचेतना आवश्यक रहेको बताउनुभयो।

कार्यक्रममा रेस्टलेस डेभलेपमेन्टका क्षेत्रीय कार्यक्रम संयोजक राजेन्द्र मर्हजनले डोटी, कैलाली, डडेल्धुरा र कञ्चनपुर जिल्लामा गरिएको अध्ययनमा आमा र सासुका कारण छाउपडिमा बस्ने चलन चलिरहेको र परिवारले पनि छाउपडि बस्न दबाब दिने गरेको पाइएको बताउनुभयो।

शान्तिमालिकाले आयोजना गरेको सो अन्तक्रियाका सहभागीहरुले बालविवाह, देउकी, झुमा, बोक्सी जस्ता प्रथा धार्मिक आडमा चलिरहेको बताउँदै हिंसाको परिभाषा वृहत बनाउनुपर्ने, कडा कानुनबनाउनुपर्ने, बनेको कानुन सबैलाई बुझाउनुपर्ने र यस्ता हिंसालाई संस्कार र कुरितीको दृष्टिकोणले मात्रनभई भुगोलको दृष्टिकोणबाट हेर्नुपर्नेमाग राखेका छन्।

    Comment Here!

Related NEWS
मुख्य खबर

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

मनको सन्दुक

-लक्ष्मी उप्रेती- कति दयनीय उमेरको पर्खाल उफ ! आफ्नै पौरखको सारा सिर्जनामा हुदा पनि उमेरको यो संघारमा आईपुग्दा

कोभिड-१९ महामारीको कारण बिपन्न बर्गका बालबालिका अझ समस्यामा : मानव अधिकार आयोग

नेपालले बाल अधिकार सम्बन्धी महासन्धि अनुमोदन गर्नुका साथै सो महासन्धिमा भएका व्यवस्था तथा अन्तर्राष्ट्रिय मञ्चहरुमा

मखमली सम्झना

-सुष्मा रानाहँमा- घुमाउथिन् आमाले,आफैँ झैं पिसिएको पिठोको फन्के रोटी मन आफैं घुम्थ्यो उमंगको जस्केला वरिपरी धानका बाला झुलेर

च्याति दिँउ भ्रमको साम्राज्य

-प्रेमिला राई- उहिले सर्वहाराको गीत गाउनेहरू आज पनि उहीँ माटोमा उस्तरी नै उहीँ भाका, उहीँ लयमा उहीँ भुइमान्छेका गीतहरू गाइरहेछन त्यो

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: