जलवायु परिवर्तनकोे असर : महिलामा पाठेघर खस्ने समस्या


प्रकाशित मिति :2016-12-08 16:42:32

महिला खबर
ललितपुर। डा.अरुणा उप्रेतीले जलवायु परिवर्तनको असर सबैमा परेपनि महिलाको स्वास्थ्यमा बढी पर्ने गरेको वताउनुभएको छ।  आरेक नेपालले आयोजना गरेको महिला तथा किशोरीहरूको यौन तथा प्रजनन् स्वास्थ्य विषयमा नैसर्गिक न्याय र अधिकार विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै उहाँले पुरुषका तुलनामा महिला बढी नै जोखिम पर्ने गरेको औंल्याउनुभयो। महिलाहरू प्राकृतिक स्रोतको हिस्सा जस्तै भएर वन,पानीसँग काम गरिरहेका हुन्छन् त्यसैले यसको असर उनीहरूको स्वास्थ्यमा पर्ने उहाँको भनाइ थियो।

उहाँले जलवायुपरिर्वनका कारण पानीका मुहान सुक्दै गएको र वन विनाश पनि हँुदै गएकाले महिलामा पानी तथा घासँदाउरा खोज्न टाढा टाढा जानु पर्र्दा सुत्केरी तथा गर्भवती महिलाको पाठेघरमा दवाव पर्ने जसले गर्दा महिलामा पाठेघर खस्ने, फिस्टुला जस्ता समस्या बढ्दै गएको वताउँनुभयो।

‘जलवायु परिर्वनका कारण पानीका मुहान सुक्दै छ, बनजगंल विनाश हुँदैछ, ख्ााद्य उत्पादन घट्दै छ यसको असर महिलाको स्वास्थ्यमा परेको छ,अब नजिकै पानी लिन जाने ठाउँमा घण्टै लगाएर पानी लिन जानुपर्छ,दाउरा लिन पनि टाढा जानु पर्छ जसले महिलाको पाठेघरमा दवाव पर्ने र पाठेघर,फिस्टुला रक्तअल्पता जस्ता समस्या महिलामा देखिन्छन्’ डा. उप्रेतीले भन्नुभयो

कार्यक्रममा डा. माधव कार्कीले एसियामा ५७ प्रतिशत महिलाले खाद्य उत्पादन गर्ने तर सामाजिक संरचनाका कारण महिलाले घरका सबै सदस्यले खाइसकेपछि मात्र खाने प्रचलनले उनीहरू खाद्य अधिकारवाट बन्चित हुनु परेको वताउनुभयो।

‘महिलाले सबैले खाएपछि मात्र खान्छिन् कहिले नबच्न पनि सक्छ,जसले गर्दा अहिले महिलामा र उनीहरूको बच्चामा कुपोषण जस्ता समस्या देखिएका छन्।’

प्रधानमन्त्री कार्यालयका  शाखा अधिकृत रेजीना कोइरालाले लैङ्गिक कार्ययोजना भएपनि जलवायु परिवर्तनका कारण महिलाको स्वास्थ्यमा परेको असरका बारेमा गर्ने कुनै योजना नभएको र यस्ता योजना ल्याउन छलफल गर्ने वताउँनुभयो।

ओरेक नेपालले जलवायु परिवर्तनले कृषि,खाद्य सुरक्षा, महिलाको यौन तथा प्रजनन् स्वास्थ्यमा उदयपुर,सिरहा,सल्यान,मोरङ,दाङ र कैलालीमा गरेको अनुसन्धानमा ४६ प्रतिशत महिलामा पानी तथा खाद्य लिन वनजगंलको वाटो हिँड्दा यौन हिंसा भएको वताएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: