मानवअधिकार र महिलाअधिकार छुट्याएर हेर्न मिल्दैन : मोहना अन्सारी


प्रकाशित मिति :2016-12-09 10:33:32

महिला खबर

fwldकाठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले महिला र मानवअधिकारको मुद्दा छुट्याएर हेर्न नमिल्ने बताउनु भएको छ । ‘प्रजनन् स्वास्थ्य अधिकारसँग सम्बन्धित निष्र्कष सुझावको प्रभावकारी कार्यान्वयन विषयक कार्यक्रममा बोल्दै अन्सारीले महिला अधिकार मानव अधिकारभित्रै पर्ने भएकाले यसलाई छुट्टाछुट्टै रुपमा नबुझ्न आग्रह गर्नुभयो ।

कार्यक्रममा अन्सारीले महिलाको प्रजनन् स्वास्थ्यअधिकार सुनिश्चित गर्न आयोगले गरेका कामहरु बारे पनि जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले अहिले खासगरि कार्यान्वयन पक्षमा अध्ययन गर्न थालेका छौं । किनकी,कागजमा महिलाका प्रजनन् स्वास्थ्यका अधिकारदेखि अनेक कुरा छन् तर त्यसलाई व्यवहारमा लागू गर्नु आवश्यक छ ।’

कार्यक्रममा बोल्दै अधिवक्ता सविन श्रेष्ठले महिला हिंसाका घटनामा अदालतले दक्षिण एसियामै उदाहरणीय फैसलाहरू दिएपनि कार्यान्वयनमा विभिन्नखाले समस्या हुँदा महिलाले न्याय पाउन नसकेको बताउनुभयो । यसैगरि अधिवक्ता मीरा ढुंगानाले सरकारी नीति र कानुन भएर मात्र नपुग्ने भन्दै महिला अधिकारका हरेक मुद्दालाई एक एक गरेर कार्यान्वयन भएको छ, छैन हेर्नुपर्ने बताउनुभयो ।

महिलाको प्रजनन् स्वास्थ्यअधिकारसँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको सो कार्यक्रममा सहभागीले दुर्गममामात्र नभई शहरी क्षेत्रका शिक्षित समेत महिलाले यौन, प्रजनन् र प्रजनन् स्वास्थ्य सम्बन्धी कुरा खुलेर गर्न नसक्ने, गर्भपतनलाई महिला अधिकारको रुपमा भन्दा नियन्त्रणका कुराभित्र राख्ने, भेदभाव शिक्षितहरुमा समेत कायम रहेको, प्रजनन् स्वास्थ्यलाई सन्तान जन्माउने कुराको रुपमा बुझ्ने मानसिकता तथा प्रजनन् स्वास्थ्यबारे जानकारी वा उपचार गर्न चाहने महिला आफैं र त्यसबारे जानकार चिकित्सक खुलेर कुरा गर्न नसक्ने अवस्था समस्याको रुपमा रहेको बताएका थिए ।

    Comment Here!

Related NEWS
मुख्य खबर

तिमी र म

-कमला राई- (मिरिक, दार्जिलिङ) म र तिमी तिमी र म म छु र नै तिमी छौ। तिमी छौ र नै

इलेक्ट्रा कम्प्लेक्स

-इल्या भट्टराई-  चिनले आज पनि फेरि इमेल पठाएकी रहिछे । हिजो पनि पठाएकी थिई ।

हामी नाभीहरू

-लिला सिंगक लिम्बु- बुवा आमाको मुटुको टुक्रा ८ नाभिहरु हामी हामी केही रहर सँग आयौ केही सपनासँग त केही परिस्थितिहरुसँग जसरी

तिमी अध्यारोमा लुकेर बस छोरी

-रञ्जुश्री पराजुली- छोरी तिमी माथि आफन्तहरूले नै गिद्धे नजर लगाएर टाउको घुमाउँछन्।

बलात्कारी पितृसत्ता

-सुशीला निनाम- युगौ देखि मेरो चेत माथी बलात्कार गरिरह्यो बौद्धिकता माथी बलात्कार गरिरह्यो स्वतन्त्रता माथी बलात्कार गरिरह्यो पितृसत्ताले ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: