सामाजिक कामको नेतृत्व लिने पनि नेता


प्रकाशित मिति :2016-12-09 11:08:01

सर्मिला बुढाथोकी

dolakha
दोलखा । राजनीतिक पार्टीमा आवद्ध भएमात्र नेता बन्न सकिन्छ भन्ने कुरा भ्रम रहेकाले नेतृत्व तहमा महिलाको भुमिका न्यून हुने गरेको एक कार्यक्रमका सहभागीले बताएका छन् ।

महिला तथा बालबालिका कार्यालयले महिलाको आर्थिक, सामाजिक र राजनीतिक सशक्तिकरणका लागि आयोजना गरेकोे ५ दिने नेतृत्व तथा संस्थागत विकास तालिमका सहभागीले महिलालाई अवसरसँगै क्षमता विकास गर्ने तालिम तथा गोष्ठिको समेत आवश्यक भएको बताए ।

दोलखामा महिलाले महिलाको आर्थिक सशक्तिकरणका लागि सञ्चालन गरेको सहकारीका पदाधिकारीलाई नेतृत्व कसरी गर्ने, संस्था चलाउन कस्ता खालका कार्यक्रम बनाउने, सहकारीको माध्यमबाट महिलालाई कसरी अगाडि बढाउन सकिन्छलगायतका विषयमा तालिम केन्द्रित रहेको महिला विकास अधिकृत लक्ष्मी ढकालले जानकारी दिनुभयो ।

traning

दोलखामा झण्डै ५ सय ५० को हाराहारीमा सहकारी संस्था भए पनि महिला र पुरुष शेयर सदस्य रहेको सहकारीमा महिलाको नेतृत्व रहेको पाईदैन । महिलाले सञ्चालन गरेको सहकारी बाहेकका सहकारीमा नामका लागिमात्र महिलाको सहभागिता रहने गरेको लाकुरीडाडाँ गाविसकी किरण ओली केसीको भनाइ छ ।

महिलाले सहकारीको अवधारण, सिद्धान्त, नीतिगत कुरा बुझे भने जुन सुकै सहकारीमा सजिलै नेतृत्व गर्न सक्छन् किरण भन्नुहुन्छ – राजनीतिबाटमात्र नभई सामाजिक कामबाट पनि महिलाले नेतृत्व गर्न सक्छन् । संस्थामा आबद्ध भएपछि समग्र महिलाको आर्थिक अवस्था मजबुत बनाउन सक्रिय भुमिका खेल्न सक्नु पनि कुशल नेतृत्वको उदाहरण हुने किरणको ठम्याई छ ।

झ्याँकु गाविसस्थित नमस्ते महिला सहकारीकी अध्ययक्ष रीता नेपाली पनि तालिममा जानेका कुरा व्यवाहरमा लागू गर्न सके महिलालाई स्वाबलम्बी बनाउन सक्ने बताउनुहुन्छ । महिलाका लागि महिलाले मात्र सञ्चालन गरेको २० ओटा सहकारी संस्थाका २५ जना सहभागी रहेको तालिममा महिला विकास कार्यालय तथा सहकारी डिभिजन कार्यालयलगायतका प्रमुख तथा प्रतिनिधीले प्रशिक्षण दिइहेका छन् ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: