महिला लक्षित बजेटबारे ग्रामीण महिला बेखवर


प्रकाशित मिति :2016-12-09 11:47:08

सीताराम अधिकारी
मलेखु (धादिङ) । सामाजिक कार्यकर्ता बनेकी नौबिसे गाविसकी रुपा भट्ट गाउँ विकास समितिको कार्यालय नजिकै बस्छिन, तर उनलाई आफ्नै गाविसको बजेटमा महिलाका लागि छुट्याइएको रकमबारे कुनै जानकारी छैन । मैदी गाविस निवासी गौरी भट्टलाई गाविसमा महिलाका लागि बजेट छुट्याइन्छ भन्ने थाहा थियो । उनले त्यसलाई उपयोगमा ल्याउन अन्य महिलालाई भेला गरेर सिलाइ बुनाइसम्बन्धी कामका लागि एउटा समिति गठन गरिन् । सो समितिले गाविसमा महिलाका नाममा आएको बजेटबाट आफूहरुलाई बजेट दिन माग गरेपछि गाविस सचिवले सर्वदलीय बैठकमा छलफल गराए । तर राजनीतिक दलले आफ्नो पार्टीका कार्यकर्ता समितिमा नपरेको भन्दै आपत्ति जनाएपछि रकम दिन मानेनन् ।

खरी गाविसकी लक्ष्मी श्रेष्ठ गाविस कार्यालयमा महिलाको बजेट के कति छ भनेर सोध्न गइन्। बजेटबारे जानकारी पाउनुको सट्टा “घाँस काट्न नगएर किन आएकोरु” भन्ने जवाफ मात्र उनले पाइन् ।

महिला कार्यकर्ताहरूको भेलामा अधिकांश गाविसका महिलाले महिलाका नाम बजेट व्यवस्था भएकोबारे जानकारी नभएको र भएकाले पनि बजेटको सदुपयोग गर्न नपाएको गुनासो हालै जिविसका योजना अनुगमन तथा प्रशासकीय अधिकृत युवराज अर्यालसामु राखेका थिए ।

सहयात्री समाजले आयोजना गरेका लैङ्गिक बजेटसम्बन्धी छलफल कार्यक्रममा अधिकांश महिलाले महिला लैङ्गिक बजेटमा पुरुषको हालीमुहाली रहेको गुनासो गरेका थिए । दश गाविसमा महिला लक्ष्यित बजेटबारे गरिएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सहयात्री समाजका ज्ञानु कँडेलले सरकारले तोकेअनुसार १० प्रतिशत बजेट नछुट्याइएको, छुट्याइएको बजेट पनि फ्रिज गरिएको, महिलालाई प्रत्यक्ष फाइदा पुग्ने योजनामा खर्च नगरी अन्यत्र खर्च गरिएकोजस्ता तथ्य फेला परेको बताउनुभयो । गाविसको जम्मा बजेटमध्ये १० प्रतिशत छुट्याउनुपर्ने अनिवार्य प्रावधान भएपनि जम्मा २५ लाख रुपैयाँमात्र छुट्याइएको पाइएको छ जुन रकम अत्यन्तै न्यून हो ।

    Comment Here!

Related NEWS
मुख्य खबर

सञ्चारिका अध्यक्ष सहित तीन पत्रकार महिलालाई राष्ट्रिय पुरस्कार

-महिला खबर- नेपाल सरकार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले प्रदान गर्दै आएको ‘राष्ट्रिय पत्रकारिता पुरस्कार’ सञ्चारिका

संसदीय मामिलाको नेतृत्वमा महिलाको संभावना/अध्यक्षमा कृष्णा पौडेलको उम्मेदवारी

-महिला खबर- संसदीय गतिविधिको समाचार संकलन गर्ने पत्रकारहरुको संस्था संसदीय मामिला पत्रकार समाजको नेतृत्वमा पहिलो पटक

पत्रकार रुपा शर्मा नेहालाई राष्ट्रिय मिडिया एक्सिलेन्स कन्ट्रिव्युसन अवार्ड

-महिला खबर- संचारको माध्यमबाट समाजिक रुपान्तरणमा शसक्त भुमिका निर्वाह गर्नुका साथै समाजिक अभियानमा क्रियाशिल भएको भन्दै

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: