सासुवुहारी सँगै सम्मानित


प्रकाशित मिति :2016-12-09 14:23:32

महिला खबर

sasu-buhari1

चितवन । ‘मैले बुहारीलाई राम्रो गरेको र छोरी समान बुहारी ठानेको भनेर मलाई पनि बुहारीसँगै सम्मान गरियो, साह्रै खुसी लागेको छ’ पुर्वी चितवन रत्नगर की ७८ वर्षीया भिमा देवी अधिकारीले भनिन् । उनी विहीवार साविकको पिठुवा गा.वि.समा रहेको सिर्जनशील महिला विकास तथा ऋण सहकारी संस्थाले आयोजना गरेको नमुना सासु बुहारी सम्मान कार्यक्रममा सम्मानित भएकी हुन् । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आयोजित सो कार्यक्रममा आफनी ४९ वर्षीया वुहारी विमला अधिकारीसँगै उनी सम्मानित भएकी हुन् ।

‘आफ्नो घरमा मिलेर बस्दा घर परिवारमा मात्र हाँसी खसी हुने होइन समाज पनि खुसी हँुदो रहेछ । बुहारी पनि , म पनि कसैको छोरी नै त हो भन्ने मैले ठान्छु , उसले पनि जन्मदिने आमा समान नै व्यवार आजसम्म पनि गरेकी छे, पहिला बुहारी हुँदा हामीले धेरै दुःख झेल्यौ, अहिले त्यस्तो गर्न पर्दैन’ सम्मानित भिमाले खसी हुँदै भनिन्

लामो समयसम्म सँगै रहेर हरेक क्रियाकलापमा सासु बुहारीले समान सहभागिता जनाएका सासु बुहारीलाई सम्मान गरिएको सहकारीकी अध्यक्ष रीता अधिकारी काप्रीले बताउनुभयो । सासु वुहारी दुवैजनाको दोहोरो व्यवहार राम्रो भएका सासुवहारीलाई सहकारीको वडा समितिमै व्यापक छलफल गरी सम्मान मुल समितिको मुल्याङ्कनका आधारमा सासु बुहारीलाई सम्मान गरिएको अध्यक्ष अधिकारीले प्रष्ट्याउनु भयो । साविक पिठुवा गाविसका सबै वडाका १÷१ गरी नौ जोडी सासुवुहारीलाई सो अवसरमा सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै, महिला तथा बालबालिका कार्यालय चितवनकी प्रमुख महिला विकास अधिकृत शान्ता कुमारी पौडेलले लैंगिक हिंसा अन्त्यका लागि यस्ता कार्यक्रमले महत्वपूर्ण सन्देश दिने बताउनुभयो । उहाँले सासु र बुहारीको सम्बन्ध आमा छोरीको जस्तै हुन सक्यो भने घरको वातावरणमा त्यस्को सकारात्मक प्रभाव पर्ने बताउनुभयो ।

महिलालाई सम्मानजनक भूमिका दिलाउन अझै आवश्यक रहेको भन्दै यस्ता कार्यक्रमलाई सबैले सहयोग गर्न समेत उहाँले आग्रह गर्नुभयो ।

सो अवसरमा महिला अधिकारकर्मी मीना खरेलले लैंगिक हिंसा अन्त्य गर्न यस्ता कार्यक्रम फलदायी हुने विचार राख्नुभयो । अन्तरपार्टी महिला संजालकी अध्यक्ष संगीता भट्टराईले धर्म संस्कृति र परम्पराका नाममा महिलाले धेरै खाले हिंसा सहन परिरहेको बताउनुभयो । कालिका एफ.एमकी स्टेशन म्यानेजर रीना गुरुङले समचारका लागि यस्ता कार्यक्रम प्राथमिकता पर्ने धारणा राख्नुभयो ।

सञ्चारिका समूह चितवनकी अध्यक्ष सिर्जना अर्याल, समाजसेवीहरु दण्डपाणी लामिछाने, ओम लामिछाने, हरि कुमार श्रेष्ठ, वडा नागरिक मञ्च रत्ननगरका संयोजकहरु विष्णु कट्टेल, शर्मिला लामिछाने, दिपा मिश्रलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । २०५८ सालमा स्थापना भएको सो सहकारीमा हाल ९ सय ७८ जना शेयर सदस्य रहेका छन् । सहकारी सस्थाले यस अघि पनि एकल महिला सम्मान, सन्देशमुलक तीज गीत प्रतियोगितालगायत समानतामा आधारित कार्यक्रम गर्ने गरेको छ

    Comment Here!

Related NEWS
मुख्य खबर

उर्मिलाको प्रश्न

-सृजना शर्मा- म उर्मिला तिम्री तिम्रो भागको निद्रा लिएर सुतेकी छु युगौँ युग ए राम अनुज, तिम्रै खातिर मैले

गैर सरकारी एकान्तबास

-मिश्र वैजयन्ती- सबभन्दा मायालाग्दो देखिएको छ भर्खरै किनेको बुट्टेदार सिरानीको खोल ।

गांधारी

-रञ्जना लिम्बू- ए गांधारी! चढेर युगहरुको अक्कर भीरहरु नाघेर सभ्यताका अग्ला पहाडहरु यहाँसम्म आइपुगेर टक्क अडिएका छन मेरा पाइलाहरु मलाई तिम्रो

युद्ध बिरामको घोषणा

-जानु काम्बाङ्ग लिम्बू- न तिमीलाई बुझ्न सकेँ मलाई बुझ्न सक्यौ तिमीले तेसै तेसै मोडीए हाम्रा पाइलाहरू उचालेर शंकाको

म पूरा , तिमी आधा

-मन्जु काँचुली- तिमी– मेरो आकाशको घडामा तैरिने एक टुक्रा अस्थिर बादल मेरो चन्द्रमाको प्रकाशले पानीमा छचल्किने एउटा

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: