राजनीतिमा हुने महिला हिंसालाई बाहिर ल्याउनु जरुरी


प्रकाशित मिति :2016-12-09 14:18:35

महिला खबर

goma

काठमाडौं। अखिल नेपाल महिला संघका अध्यक्ष गोमा देवकोटाले राजनीतिमा हुने महिलामाथिको हिंसालाई पनि अब बाहिर ल्याउनु पर्ने बताउनु भएको छ। राजनीतिक हिंसा पार्टीहरूको तर्फबाट पनि हुने गरेको छ भने राजनीतिमा लागेकै कारण घरपरिवारबाट पनि थप हिंसा हुने उहाँको भनाइ छ।

ललितपुरको बालकुमारीस्थित तुलसीलाल प्रतिष्ठानमा शुरु भएको ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम उहाँले राजनीति गर्ने महिलाहरूलाई सबैलाई हुनेभन्दा थप हिंसाको अवस्थामा रहनुपर्ने बताउनुभयो ।

कार्यक्रमको उद्घाटन सत्रमा महिला हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भमा पनि छलफल भएको थियो। अनेमसंघले प्रदेश नम्बर तीन अन्तर्गतका ७ वटा जिल्लाका जिल्ला स्तरीय महिला नेताहरूलाई पार्टीको अभियान, संविधान कार्यान्वयन र विशेष गरी अब हुने चुनावलाई केन्द्रीत गरेर प्रशिक्षक बनाउने र उनीहरूमार्फत गाउँगाउँमा प्रशिक्षण दिएर स्थानीय चुनावका लागि नेतृत्व तयार गर्न लागेको जनाएको छ।

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: