प्याराडाईज सोरउरी जसले अधिकारका लागि गीत गाउँदा देश छोड्नु पर्‍यो


प्रकाशित मिति :2016-12-09 15:44:52

महिला खबर

paradise
एजेन्सी । प्याराडाईज सोरउरीलाई आफ्नो देश अफगानिस्तानमा बलात्कारका धम्कीले डराईयो, बाटोमा नराम्रो सँग पिटियो तर उनले अफगानिस्तानमा महिलामाथि हुने डरलाग्दा विभेदपूर्ण अन्याय सम्बन्धि गीत गाउन छाडिनन्। उनी महिला हिंसाविरुद्ध निरन्तर बोलिरहिन् लडिरहिन्। उनका लागि जिवन सजिलो थिएन । सातवर्षमा २७ वर्षीया प्याराडाईजलाई दुईपटकसम्म देश छोड्न बाध्य पारियो र अनगिन्ती ज्यानमारा धम्की आए। उनलाई १० जना पुरुषले बाटोमा मरणासन्न हुने गरी पिटेर मर्नका लागि बाटोमै अलपत्र अवस्थामा छाडियो। यसको कारण यति मात्र थियो की उनले हिजाबको सट्टा टोपी लगाईन र महिलाहिसांविरुद्ध आवाज उठाईन्। उनी अफगानिस्तानमा महिलाहिसां विरुद्ध आवाज उठाउने पहिलो महिला कलाकार (र्‍याप  सिङ्गर) हुन्।

afgan

अफगानिस्तान जहाँ यूएनका अनुसार ८७ प्रतिशत महिलाले शारिरीक तथा यौन हिंसा खेपिरहेका छन्। प्याराडाईजका कटु आलोचनात्मक गीतले तालिवानी सत्ताताका भएका महिला हिंसाका प्रकृतिमा अफगानिस्तानमा परिवर्तनका लागि केही सकारात्मक प्रभाव ल्याएको थियो र विवादास्पद विषय उठाउन सफल भएको थियो। उनका गीतले अफगानिस्तानमा कसरी महिलाले बलात्कारको विरोध गर्दा अनुहारमा एसिड हानिन्छ, कसरी एउटी कम उमेरकी बालिकालाई उमेर पुगेको बृद्ध पुरुषसँग जबरजस्ती विवाह गर्न लगाईन्छ र कसरी एउटी महिलालाई एउटा श्रीमान जीउँदै जलाउने गर्दछ भन्ने कुरा गीतमार्फत गाउने गर्दछिन्।

प्याराडाईज भन्छिन्  ‘तिमी या गायिका हो या कलाकार या एउटी शिक्षिका, अफगानिस्तानमा यदी तिमी महिला हो भने, तिमी एउटा समस्या हौं र म ती महिला जो बोल्न सक्दैनन् तिनका लागि बोल्ने र लड्ने गर्छु। ‘

यसरी अफगानिस्तानमामा महिला हिसांविरुद्ध आवाज उठाँउदा उनले देशै छोड्नु पर्योन । उनी अहिले युरोपेली मुलुक जर्मनीमा बस्छिन् । तर उनले धेरै समर्थन पाउन पनि सफल भइन्। २०१३ मा यूएनले उनलाई मानव अधिकारकारलागि काम गरेको भन्दै मानव अधिकारकारबादीको पहिचान दिएको थियो। उनी र उनका मंगेतर लाई ज्ञद्धघद्यबलम का नामबाट चिनिन्छ र उक्त ब्यान्डले २०१५ को उत्कृष्ट अफगान एटिएन नेटवर्क अवार्ड जितेको थियो।

द गार्जियनबाट

    Comment Here!

Related NEWS
मुख्य खबर

यौनिजिवीहरुको कुरुप सभा

-हिरा दाहाल- संसद भवनको देब्रेतिरको बाटोका गल्लीमा टहल्दै गर्दा लत्पतिएका रगतका अक्षरमा “यौनिजिवीहरुको कुरुप सभा” लेखिएको बोर्डमा

“सृष्टीको सर्बत्र संरचना नै आमा हुन्”

-दिपा मेवाहाङ राई- हजारौं प्रश्नमा कसैले सोध्यो भने ब्रह्माण्ड र आमा को पहिलो हुन्? निर्धक्क भएर भन्न सक्छु म आमा

पत्रकार पहराइको मृत्युको कारण आत्महत्या हैनः प्रतिवेदन

-महिला खबर- कैलाली घोंडाघोडी– ४ की २३ वर्षीया पत्रकार निर्मला पहराइको मृत्युको कारण आत्महत्या नभई हत्या

यो देशमा जनजातिको खास लडाइँ त अझै बाँकीेः भद्रकुमारी घले

-विमला तुम्खेवा- ८९ वर्षको उमेरमा पनि सुश्री भद्रकुमारी घलेको अनुहारमा उस्तै उर्जा छ । शान्त र

छोरी

-अन्शु खनाल- प्यारी छोरी जन्मनु आफैमा जित्नु हो यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

Read more
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: