मानव अधिकार सवैले सँधै प्रत्याभूत गर्न पाउनुपर्छ : राष्ट्रपति


प्रकाशित मिति :2016-12-10 08:00:37

महिला खबर

hfgsL dlGb/df /fi6«klt hgsk'/sf] hfgsL dlGb/df ljjfxk~rdL dxf]T;jdf /fi6«klt ljBfb]jL e08f/L . tl:a/ M jL/]Gb| s0f{, hgsk'/wfd, /f;;

काठमाडौं । राष्ट्रपति श्रीमती विद्या भण्डारीले ६८ औं विश्व मानव अधिकार दिवसका अवसरमा सन्देश दिँदै सम्पूर्ण मानवजातिका साझा अधिकारहरू सबैलाई सधैंभरि प्रत्याभूत गर्न सवैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘समष्टिगत रुपमा मानव अधिकारको संरक्षणमा जुट्न अभिप्रेरित गरौुं भन्ने नारासहित विश्वव्यापी रुपमा मनाइने विश्व मानव अधिकार दिवस १० डिसेम्बरको अवसरमा सन्देश दिँदै राष्ट्रपति भण्डारीले नेपालको संविधानले मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन र प्रभावकारी कार्यान्वयनको सुनिश्चिततालाई जोड दिएको बताउनुभएको छ ।’

सन्देशमा भनिएको छ ‘संविधान र कानूनद्वारा प्रदत्त आधारभूत मानव अधिकारको प्रत्याभूतिका लागि मुलुकमा विभिन्न संस्थागत संरचनाहरु तथा नीतिगत एवम् कानूनी व्यवस्था गरिएका छन् ।’

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनतालाई अक्षुण्ण राख्दै मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्वर्द्धनसम्वन्धी नीतिहरूको कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत बनाउने कार्यलाई राज्यको दायित्वको रुपमा स्थापित गरिएको उल्लेख छ ।

मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा ठोस योगदानका लागि संविधानले राष्ट्रिय मानव अधिकार आयोगलगायतका संवैधानिक तथा कानूनी निकायको व्यवस्था गर्नु आफैमा सन्तोषको विषय रहेको राष्ट्रपति भण्डारीले बताउनुभएको छ। साथै सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग समेत गठन भई क्रियाशील रहेकोले नेपालमा मानव अधिकारको यथोचित सम्मान, संरक्षण र प्रवर्द्धनको प्रक्रियालाई अझ सुदृढ वनाउन मार्ग प्रशस्त गरेको सन्देशमा भनिएको छ ।

    Comment Here!

Related NEWS
मुख्य खबर

हिंसा र पारिवारिक खटनको शोक छ! गरीबी र चेतनाविहिनताको रोग छ!

-ललिता साह- राजविराज नगर पालिका वडा न. ८ की निकिता यादव १७ महिना को अन्तरालमा दुईवटा

सञ्चारिका समूहको साधारणसभा सम्पन्न

-महिला खबर- सञ्चारिका समूहको २४ औं वार्षिक साधारणसभा आज काठमाडौंमा भर्चुअल रुपमा सम्पन्न भएको छ ।

ससंकटमा छोरी सन्तान

-बिशाल सुनार- दैलेख । लिङ्ग पहिचानसहितको गर्भाधान होस् वा गर्भपतन कानुनतः अपराध हो । तर पनि

सुगा

-कविता राई- आँखामा सक्कली निरीहता ओढेर बाँचिरहेछु सृष्टिभ्रम असती समयको जाँतोले किचिएर पिलिएको छातिबाट ओकलिरहेछु अप्राकृतिक लय !

‘लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण’ सम्बन्धि भर्चुअल सम्मेलन सम्पन्न

-महिला खबर- “लैङ्गिक उत्तरदायी तथा समावेशी जैविक विविधता संरक्षण” सम्बन्धि भर्चुअल सम्मेलन देशभरको पच्चीस जिल्लाबाट करिब

Read more
ताजा अपडेट
© 2015.All rights reserved by mahilakhabar.com
%d bloggers like this: